मासु तस्करीमा प्रहरीको लगाम: नेपालगञ्जको प्रदीप मासु सेन्टरमा छापा

नेपालगञ्ज २८फागुन/  बांकेबाट अबैध मासु काठमाडोै तर्फ सप्लाई भईरहेको जनगुनासोको आधारमा बांके प्रहरी र प्रशासनलाई परेको दवाब पछी सोमबार नेपालगञ्जको धम्बोजी स्थित प्रदीप मासु सेन्टरमा सोमबार दिउसो छापा मारेर २ सय ९१ किलो मासु नियन्त्रणमा लिएर छानबीन तथा कार्बाही प्रकिया भईरहेको बांके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी बांके प्रमुख उपरिक्षक सुवास चन्द्र बोहराका अनुसार चोरी निकासी गरेको मासु अयात गरि प्रदीप मासु सेन्टरमा ल्याएको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेरक नियन्त्रणमा लिएर आवश्य छानबीन गरि काबाृही प्रक्रिया भईरहेको बताउनु भएको छ ।

नियन्त्रणमा लिएर छानबीन भईरहेको मासु नसुद्धिन राई भन्ने ब्यक्तीले बोकी ल्याएको अवस्थामा प्रदीप मासु सेन्टरबाट प्रहरीले नियन्त्रणमा लिएर छानबीन तथा कार्बाही प्रकिूया भईरहेको बांके प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बांकेमा मिट मार्टका नाममा नेपालगञ्ज देखि काठमाण्डौं सम्म गाई र कुकुरको मासुको ब्यापार भईरहेको बेला बखत बिभिन्न डकुमेन्टहरुले समेत प्रमाणित गदै हुदै गईरहेको छ ।

बांके प्रहरीले मासु तस्करीको घटनाहरु पच्छयाउदै जांदा बांकेका बिभिन्न ठाउंमा गाई तथा गोरुहरु काटेर केही स्थानिय स्तरमा खपत गर्ने गरेको र अधिकांस गाईगोरुको मासु नेपालगञ्ज र कोहलपुरका बिभिन्न मिट सप्लायर्सहरुले काठमाण्डौंका बिभिन्न मिट सप्लायर्समा पु–याउने गरिएको पाइएको बिगतका घटनाले पुष्टी गर्ने गरेको छ ।

भारतको उत्तरप्रदेश सरकारले पशुपंक्षी प्रति हेर्ने र गर्ने ब्यवहारमा कडा कानुन बनाएर त्यसलाई कार्यन्यनमा ल्याएपछी भारतमा गाईगोरुको मासु त के कुटपिट गरेकोमा समेत कानुन आकर्षित हुने गर्दछ । भारतसंग सिमा जोडिएको बांके जिल्लामा भारतबाट नेपाल तर्फ निर्बाधरुपमा छिर्ने गरेका गाईगोरुहरु अबैधरुपमा बध गरेर मासु सेन्टर चिस्यान गरि काठमाण्डौं तर्फ तस्रकी गर्ने गरिएको छ ।

कहांबाट आउछन गाई-गोरुहरु ?

सामान्य त या लोकल किसिमको गाईले ५ बेत सम्म राम्रो दुध दिने गरेको पाइएको छ । त्यसपछी भारतिय कृर्षकले गाईहरु छोररा छोडदिने गरेका छन । गाई सगै जोत्न प्रयोग हुने गोरु कृर्षि प्रबिधिमा भारतिय कृर्षकहरुको पहुंच बढदै गएपछी ति गोरु पनि गाई सगै आजाद घुम्दै नेपाल तर्फ छिर्ने गर्दछन ।

सडक यातायातबाट पश्चिम नेपालको गेट – वे बनेको बांकेमा पहिल्य प्रहरी संगठनका बिभिन्न सम्वन्धीत युनिटहरुसंगको मिलेमतोमा जिउदो गाइगोरु गाढीमा कोचाकोच गरेर काकडभित्ता कटाउने गरिएकोमा नेपालमा सुर्खेत घटनापछी गाईगोरुका ठेकेदारहरु तर्सिएर पहिल्य भन्दा कम तस्करी गर्ने गरेको अवस्था छ ।

बांके तथा बर्दियाबाट गाढीमा गाईगोरु तस्करीमा कमि भएपछी बांकेको नेपालगञ्ज र कोहलपुरमा आधार बनाएरु करिब १ दर्जन मिट सप्लार्य खोलिएका छन ।
ति मिट सप्लयार्स मध्य अधिकांसको धन्दा नै ग्रामिण इलाकाबाट बिभिन्न ब्यक्तिहरुले गाई र गोरुको काटेको बोनलेस मासु ल्याउने फ्रिजमा फ्रोजन गर्ने र पशु क्वारेन्टाइ र पशु चिकित्सकको कथित प्रमाणको आधारमा काठमाण्डों सम्म सप्लार्य हुने गरेको पाइएको छ ।

मासु ब्यबसायि संघ बांकेका अध्यक्ष दिपेन्द्र श्रेष्ठका अनुसार बांकेमा खाद्य योग्य स्वस्थ मासु सप्लार्यसका लागी खोलिएका मिट मार्टहरुले मासु कहांबाट के को ल्याउछन ? त्यसको ग्यारेन्टी नगरे सम्म अखाध्य मासु सप्लाई नियन्त्रण नहुने बताउनु भएको छ ।

बांकेको नेपालगञ्जबाट बिभिन्न ६ वटा मिट मार्टबाट दैनिक करिब ५० टनको हाराहारीमा मासु काठमाण्डौं तर्फ सप्लाई हुनेगरेको छ । उक्त मासु सप्लाईका लागी मिट सप्लायर्स अर्थात मिट मार्टहरुले पशु चिकित्सक वा पशु क्वारेन्टाईनबाट मासुको स्रोत खुलेको बिलभर्पाइ, मासुको पहिचान र स्वस्थ मासु रहेको प्रमाणित गरी त्यसको चेकजांच प्रमाणपत्र दिनुपर्दछ । उक्त प्रमाणपत्रको आधारमा मिट मार्टहरुले पहिचान खुलेको स्वस्थ मासुको ब्यवसाय गर्नपाउने ब्यवस्था रहेको छ ।

बांकेको नेपालगञ्ज र कोहलपुरमा रहेका केही मिट मार्टहरुले त कति सम्म गरेको पाइएको छ भने मासु चेकजांचको प्रमाण पत्र पशुचिकित्सक वा पशु क्वारेन्टाइनबाट सम्वनधीत चिकित्सकले अस्ताक्षर र छाप लगाएको खाली प्रमाणपत्र ल्याएर मासुको स्वस्थ्य परिक्षण त के सामान्य निरिक्षण समेत नगरिकन आफनो खाली प्रमाणपत्रमा हस्ताक्षर गरेर दिने गरेको पाइएको छ ।

हेर्नुहोस उदाहरणहरु रुपी प्रमाण पत्रहरु…..

मानिसहरुको जिवनसंग प्रत्यक्ष सरोकार राख्ने गम्भीर संगिन बिषयमा पैसाको लोभलालचमा यसरी खेलवाड गर्ने त्यस्ता ब्यक्तीहरुको कारण नेपालगञ्जबाट अस्वस्थ हुनुका साथसाथै कानुनले समेत बर्जित गरेको गाईगोरु कुकुर समेतको मासु सप्लाई भईरहेको प्रमाणपत्रहरु फेला परेको छ भने बांके प्रहरीले पटक( पटक पक्राउ गाईगोरुको मासु काटनेलाई मात्र कानुनी दायरामा ल्याउने गरेको छ भने त्यसको ब्यवसाय गर्ने सम्वन्धीत मिट मार्टहरुलाई छुट दिने गरेको घटनाहरुले पुष्टी गरिरहेकै छ ।

मासुको पहिचान कसरी गर्ने ?

बांकेका बिभिन्न मिट मार्टबाट फ्रिजमा फ्रोजन गरेर काठमाण्डौं तर्फ सप्लाई हुने र त्यहां मासुका बिभिन्न परिकारहरु जस्तो ससेसहरु लगायतका मासुका बाण्ड बनेर ति मासु फेरी सर्वसाधरण जनता बीच पुग्ने गरेको छ ।

नेपाल प्रहरीले मासु चेकजांच गर्नु अघि उक्त मासु कहांबाट खरिद गरिएको हो रु के चिजको मासु हो रु भन्ने एकिन गर्न साथमा पशु पक्षी खरिद गरिएको सक्कली बिल र त्यसमा सम्वन्धीतको सम्पर्क नम्बर भएमा चेकजांचमा सरलता हुनसक्दछ ।

बांके जिल्लाबाट कुखुरा, खसी र रांगाको मासु भनेर काटिएको बोन लेस मासु काठमाण्डौ तर्फ लैजाने गरिएको छ । मासु लैजानका लागी पशु चिकित्सकले चेक जांच नै नगरि खाली प्रमाणपत्रमा हस्ताक्षर गरेर दिने गरिएको सर्टिफिकेटको आधारमा मासु ब्यवसायीले केही समय पहिल्य कुकुरको मासु समेत लिएको चर्चामा आएको धेरै भएको छैन ।

हेर्नुहोस प्रमाण पत्रहरु….

बांंकेमा रांगा पालन पनि छैन र काठमाण्डों सप्लाई गरिएका सबै खसीको उत्पादन बांकेमा भएको पनि छैन । पछील्लो केही समय यता भारतमा पशु क्यवारेन्टाइन चेक गरिएको प्रमाण पत्र भएका खसी बोका मात्र नेपालमा भन्सार हुदै आयत गर्न पाउने कानुनी ब्यवस्था छ । तर बांकेमा भन्सार छलेर तस्करी मार्फत खसीबोका आयात सगसगै रांगा भैसी नेपाल छिराएर काटने र त्यसका नाममा छरपरस्ट पाईने गाईगोरु काटेर बांकेबाट काठमाण्डौं लगेर पैसा कमाउने धन्दाले मानिसहरुको जिवनसंग खेलवाड गर्ने काम भईरहेको पाइएको छ ।

त्यस कर्ममा जिम्मेवार निकायहरु पशु क्यारेन्टाइन, निजि क्षेत्रका पशु चिकित्सकहरु, पशु बधशाला भन्दा बाहिर बध गर्न नपाईने जस्ता कानुनको परिपालना गराउने नेपालगञ्ज उप-महानगर स्थानिय प्रशासन, प्रहरी सबैलाई हेक्का हुनुपर्दछ ।