बिगत १ बर्ष देखी नेपालगञ्जको आदर्शनगरका बिन्देश्वरको घरबाट लाखौं रुपैया गायबः पैसा रोक्न त्रान्त्रीकले पुजापाठ देखी अण्डा सम्म पोले, पैसा गायब गर्नेलाई प्रहरीद्वारा रंगेहात पक्राउ गरे

११ चैत्र, नेपालगञ्ज/ जेठो छोरा डाक्टर विश्वनाथले गत बर्ष धुमधाम गरेर बुहारी भित्रयाए । छोरा डाक्टर भएकोमा बाबु आमा खुशिले मक्ख थिए ,अर्कोतिर बुहारी भित्रयाएकोमा । बुहारी भित्रयाएकै केही दिन पछी घरबाट एका-एक पैसाहरु हराउन थाले ।

नेपालगञ्ज उप महानगरपालीका वडा नम्बर १० आदर्श नगर निवासी विन्देश्वर साहु पेशाले आयुर्वैद स्वास्थयकर्मि हुन भने ब्यवसायक रुपमा बिभिन्न कम्पनीका खाद्यय तथा अन्य सामानहरुको थोक बिक्रेताका ब्यपारी पनी हुन । उनको घरमा जेठी बुहारी भित्रयाए पछी गत साल २०७३ जेष्ठबाट पैसा हराउन थाल्यो ।

कहिल्य ब्यापार ब्यवसायको दिनभरीको जम्मा गरेको पैसा त कहिले स्वास्थ्य क्लिनिकबाट ल्याएर सांझ घरमा राखेको पैसा नियमित रुपमा हराउन थाल्यो ।
सुरु सुरुमा आन्तरिक खोजबीनमै सोधखोज गरेका बिन्देश्वर साहुले ठुलो रकम १ लाखको गडडी समेत हराउन थालेपछी बिन्देश्वरले बुहारी आएपछी पैसा हराएकोले बुहारीले नै चोरेको बाहिरको मान्छे नआएको भन्दै बुहारीलाई चोरीको आरोप लगाए ।

घरको इज्जत बाहिर नजावस भनेर प्रहरीमा उजुरी नगरे पनि बिन्देश्वरले बुहारीलाई चोर भनेपछी छोराले पनि पैसा नचोरेको बिषयमा बाबु छोरा बीच धुमधाम झगडा भयो छोरा बुहारी लिएर घर छोडेर अन्तै बस्न गए ।

त्यपछी केही समय पैसा हराउन रोकिएकोमा  फेरी पैसा हराउन थाल्यो र बिन्देश्वर जोखना हेराउन तिर लागे । बिभिन्न ठाउंबाट समेत तान्त्रीक मान्छे ल्याएर बिभिन्न बैदिक मन्त्र देखी पुजा आजा समेत गरे ।

तान्त्रीकहरुले पनि घरमा पिसाचले पैसा लैजाने गरेको तर्क दिन थालेपछी ब्यापार ब्यवसायबाट सांझ घरमा जम्मा हुन आएको पैसा बिन्देश्वर साहुको श्रीमती लिला देवी शाहले निलो पटुकाले कम्मरमा बाधेर राती सुत्ने गरेको बताउनु भयो ।

तान्त्रीकहरुकै सल्लाह बमोजिम घरबाट पैसा गायब हुन रोक्नलाई घर अगाढी मुख्य ढोकामा कुखुराको अन्डा समेत जलाने गरेको थुप्रो बिन्देश्वरले देखाउदै पैसा हराउने कारण पत्ता लागेपछी ठुलो तनाब र पक्षतापमा परेका छन ।

बिगत १ बर्ष देखी पैसा हराउन थालेपछी केही समानहरुको थोक ब्यापार हटाउदै गएका बिन्देश्वर पुरै ब्यापार नै बन्द गर्ने अभियानमा लागी रहेको बेला गत फागुन २९ गते बिन्देश्वरका भान्जाले आफनो घरपरिवारलाई पैसा दिनु भनेर रु ५४ हजार रुपैया बिदेशबाट बिन्देश्वरको नाममा पठाए, बिन्देश्वरले पनि भान्जाको पैसा घरमा लगेर दिनलाई गए, घरमा जादा ३ हजार कम भयो ।

३ हजार रुपैया कम भएपछी आफनो ११ बर्षिय कान्छो छोरा आदित्यलाई एक छिन पैसा समात्न दिएको समय सम्झे र सांझ खोजबीन गर्ने क्रममा कान्छो छोराले हप्काई दप्काई सोधपुछ गर्ने क्रममा डर त्रास देखाएर बिगत १ बर्ष देखी बिभिन्न ब्यक्तीहरुले पैसा माग्ने गरेकाले घरबाट पैसा चोरेर दिने गरेको बताए ।

छोराको बयान पछी बच्चालाई बिभिन्न डर त्रास र धम्की दिएर पैसा लिने ब्यक्तीहरुको पहिचान र रंगेहात पक्राउका लागी प्रहरीले चैत्र ३० गते बिहान बिन्देश्वरकै कान्छो छोराले पैसा दिन गईरहेको समयमा बिन्देश्वरकै घरबाट ३ जनालाई पक्राउ गरेपछी बिन्देश्वरको घरबाट पैसा हराउने गरेको घटनाको रहस्य खुलेको हो । जिल्ला पहरी कार्यालय बांकेले उक्त घटनाको थप अनुसन्धान सहित कार्बाही प्रक्रिया अगाढी बढाएको छ ।

कसरी हराउथ्यो बिन्देश्वरको घरबाट पैसा ?

बिन्देश्वरका ३ जना छोरा र २ छोरी मध्य ११ बर्षिय आदित्य शाह सबै भन्दा छोरा सबैले मायां पनि गर्ने गत बर्ष २०७३ सालको सूरमै आदित्यले ब्राइटल्याण्ड हाईयर सेकेन्डरी स्कुलमा आफुसगै कक्षा ५ मा पढने क्रममा शिबम पाण्डे भन्ने साथीसंग एउटा राम्रो पेन देख्छन ।

उक्त पेन साथीलाई आफुलाई दिन आग्रह गर्छन र पाण्डे साथीले रु. ५०० दिए दिने भनेपछी बिन्देश्वरका कान्छा छोराले घरबाट रु ५ सय लुकाईछिपाई चोरी गरेर ५ सय रुपैया साथी शिवम पाण्डेलाई दिन्छन र पाण्डेबाट पेन लिन्छन ।

त्यसपछी पाण्डे साथीले एक दिन स्कुलमा वेवलेट ल्याउछन र त्यो पनि घरबाट २ हजार चोरी गरेर पाण्डेलाई दिन्छन र घरमा वेवलेट एक दिन साथीको खेलाउन मागेको भन्दै साथीलाई नै राख्न दिन्छन । आदित्यसंग प्रसस्त पैसाको पहुच भएको थाह पाइसकेका पाण्डेले साइकल किन्न रु ६ हजार ५ सय माग्छन र नदिए घरबाट पैसा चोरेर ल्याएको भन्दीने डर देखाउछन । घरमा पिटाई खाने डरले ६५०० रुपैया ल्याएर पाण्डेलाई दिए । पाण्डेले पनि त्यसको केही दिनमा उक्त साइकल पुन त्यसपछी आदित्यलाई नै रु ३५०० मा बिक्री गरेका थिए ।

पाण्डेले पैसा ल्याएर दिएमा घरमा नभनी दिने भन्दै बिभिन्न समयमा ठुलो रकम असुल गरिरहेको सोही स्कुलमा अध्यापन गराइरहेका कम्प्युटर शिक्षक नेपालगञ्ज गोसाई गाउंका शुशिल साहुले थाह पाए । शुशिलले पनि दुबै जनालाइृ केरकार गरेर आदित्यबाट पाण्डेले लिएको रकम मध्य हाल सम्म रु १ लाख ७५ हजार लिएको र बांकस पैसा नदिएको कारणले कम्प्युटर बिषयमा फेल गराउने धक्मी दिएर आदित्यबाट समेत डर त्रास देखाएर पैसा लिने गरेका थिउ ।
आदित्यले सांथीहरुलाई पैसा दिएको थाह पाउने अन्यले पनि मलाई पनि थाह छ तिमीले घरबाट पैसा चोरेको पैसा नदिएको भन्दै पैसा माग्ने गरेकोमा हाल कक्षा ६ मा अध्ययनरत राकेश मणि पाण्डेका छोरा शिवम पाण्डे, निजकै साथीहरु रहेका अन्य पनि एमआरकै छोराहरु अंकित प्रजापती, मोहीत, एजाज लगायतका नाम गरेका ब्यक्तीहरुले आफनो छोरालाई डर त्रास देखाएर हाल सम्म २ तोला सुनका गहना र रु ५५ लाख रुपैया आफनो छोरा मार्फत पटक पटक लिएकोले उपरोक्त ब्यक्तीहरुलाई आवश्यक अनुसन्धान सहित पिडकहरुलाई कानुनी दायरामा ल्याएर कार्बाह गर्न बिन्देश्वर साहुले यहि चैत्र ८ गते जिल्ला प्रहरी कार्यालय बांकेमा जाहेरी दिएका छन ।

आजभोलीको ब्यस्त जिवनमा बाबालीकाको मनो बिज्ञान र साथी जस्तो बन्न नसकेमा घर परिवारले कती सम्म क्षती बेहोर्न सक्छन भन्ने उक्त घटनाक्रमले प्रमाणित गरेकाले अभिभावकले पनि बालबालीकाको मनोआंकक्ष बुझेर काम गर्नुपर्दछ ।