गाउँपालिका अध्यक्षको मृत्यु


१२ भदौ, नेपालगञ्ज/  बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको शुक्रबार राती मृत्यु भएको छ ।

नेपालगञ्ज उप-महानगरपालिकासँग पश्चिम भागबाट जोडिएको जानकी गाउँपालिकाका अध्यक्ष  यादवको नेपालगञ्ज स्थित नर्सिङहोममा मृत्यु भएको हो ।

प्रेसर लो भएपछि शुक्रबार साँझ ६ बजे अस्पताल लगिएकोमा शुक्रवार  राती १ बजे मृत्यु भएको हो ।
अध्यक्ष यादवको शवलाई शनिवार विहानै पिपरी स्थित घर लगिएको छ ।
यादवले २०७४ सालको स्थानीय निर्वाचनमा  एमालेबाट निर्वाचित हुनुभएको थियो ।