कैलालीमा मात्र ८ सय सवारी साधन प्रहरीको नियन्त्रणमा

२१ मंसिर,कैलाली/  कैलालीमा सवारी पास नलिएरै चलाएका ८ सय बढी सवारी साधन नियन्त्रणमा लिएको छ । कार, मोटरसाईकल, अटो रिक्सा र पैडल रिक्सा गरी ८ सय सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बीर वहादुर बुढा मगरले जानकारी दिनुभयो ।  

कैलालीको निर्वाचन क्षेत्र नम्वर ५ बाट मात्रै २ सय ५० सवारी साधन नियन्त्रणमा लिएको छ भने कैलालीमा पर्ने पुर्व पश्चिम राजमार्गबाट पनि धेरै सवारी साधन नियन्त्रणमा लिईएको प्रहरी नायव उपरिक्षक मगरले बताउनुभयो ।

नियन्त्रणमा लिएका सवारी साधन मध्ये अधिकांश मोटरसाईकल छन् । सबै सवारी साधनलाई साँझ ७ बजेपछि आवश्यक प्रक्रिया पु¥याएर सवारी धनीलाई दिइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।