नेपालमा चिसो बढयो,काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्री सम्म पुग्ने

१ पुस, नेपालगज / शनिबार काठमाडौंकोे न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण शनिबार उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ । तापक्रम घटेसँगै काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । 

तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । ‘जाडो याममा चिसो बढ्नु नौलो कुरो होइन तर यसमा उच्चचापीय क्षेत्रको केही प्रभाव (रातको समयमा आकास सफा र खुल्ला) पनि देखिएकाले तुलनात्मक रुपमा तापक्रम घटेको र तुसारो परेको छ’, उहाँले भन्नुभयो ।

केही दिनयता पहाडी भेगमा हल्का बदली भएको छ भने मध्यतराईमा कुहिरो लागेका कारण चिसो बढेकामा आइतबार बिहानदेखि क्रमिक रुपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने

मौसमविद् अर्यालको भनाइमा अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । गएराति काठमाडौंको तापक्रम माइनसमा झरेको थियो । गएको आइतबार यो वर्षकै बढी चिसो भएको महाशाखाको भनाई छ ।

(120823) — NEW YORK, Aug. 23, 2012 (Xinhua) — Photo taken on Aug. 11, 2012 shows a bird’s view of mountains and glaciers of the Alaska Range in Alaska, the United States. The Alaska Range is a relatively narrow, 650-km-long mountain range in the south-central region of Alaska, from Lake Clark and its southwest end to the White River in Canada’s Yukon Territory in the southeast. The highest mountain in North America, Mount McKinley, is in the Alaska Range. (Xinhua/Shen Hong)

दुई दिनदेखि चिसो बढेपछि उपत्यकासहित देशभर यसको प्रभाव सर्वसाधारणमा परेको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिक सजक हुनुपर्ने विशेषज्ञले औँल्याएका छन् ।

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम २ दशमलब ८ र अधिकतम २१ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा माइनस चार र सबैभन्दा बढी दिपायलमा २५ डिग्री सेल्सियस रहेको छ ।रासस