जिल्ला प्रशासन चितवनको निर्णय: पुस १८ गतेदेखि नारायणगढ-मुग्लिन सडक राती १० देखी बिहान ४ बजे सम्म बन्द

१२ पुस,चितवन/ यहि पुस १८ गते राती देखी नारायणगढ मुग्लिन सडक खण्ड रातमा बन्द हुने भएको छ ।  बुधबार चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट सहित नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरू, निर्माणको जिम्मा लिएका व्यवसायी र सुरक्षाकर्मीहरु समेतको बैठकले पुस १८ गतेदेखि नारायणगढ मुग्लिन सडक राती १० बजेदेखि बिहान ४ बजे सम्म बजेसम्म बन्द गर्ने निर्णय गरेको हो।

?

निर्माणधिन नारायणगढ मुग्लिन सडकखण्डलाई रातको समयमा वन्द गरि कामको गतिलाई तिव्रता दिने भन्दै यही पौष १८ गतेदेखि राती १० बजेबाट विहान ४ बजेसम्म सडकखण्ड राती ६ घण्टा सडक वन्द गरि कटिङको काम थाल्ने निर्णय गरेको हो ।

दिउँसोको समयमा कटिङको काम गर्दा यातायात आवागमन अस्त-व्यस्त हुने भन्दैं रातीको समयमा आवश्यक वत्तिको प्रवन्ध गरि काम अघि बढाउने सहमती भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दिनुभएको छ।

पौंष १८ गतेपछि दिउँसोका समयमा पनि एकाध घण्टा सडक खण्ड आवश्यकता अनुसार रोकी पिचको काम गरिने सहमती भएको छ । “रातीको समयमा पिच गर्ने काम जाडोको कारणले हुँदैन, आयोजनाका प्रमुख चन्द्रनारायण यादवले भन्नु भयो पिचको काम दिउँसोमा गर्ने कटिङको काम रातीमा गर्दछौं ।”

प्रमुख जिल्ला अधिकारी भट्टले विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राम दुलार यादवलाई बैंठकमा नै बोलाएर कटिङको काम वाँकी भएका स्थानहरु १६ किलो, २२ किलो, २९ किलो र ३३ किलोमा आवश्यक लाइटको प्रवन्ध गर्न निर्देशन दिनुभएको छ।

देशको  राजधानी काठमाडौं आउ-जाउ गर्ने मुख्य सडक नारायणगढ मुग्लिन सडक भएका कारण यात्रुलाई ठूलो मर्का नपर्ने गरेर गाडी रोक्न लागेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिनुभएको छ।

नारायणगढ मुग्लिन सडक खण्डको १६ किलो भन्ने स्थानमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङ डाँडामा ३ सय मिटर पहाड काट्न बाँकी नै छ । आँपटारीदेखि दासढुंगासम्मको निर्माणको जिम्मा पाएको भारतिय बिएलए तथा नेपाली श्रेष्ठ कम्पनीले ६८ प्रतिशत, दासढुंगादेखि सिमलतालसम्म निर्माणको ठेक्का पाएको उड्हिल लामा जेभीले ७४ प्रतिशत र सिमलतादेखि मुग्लिनसम्मको सडक निर्माण जिम्मा पाएको सुप्रिम रौताहा निर्माण कम्पनीले ६१ प्रतिशत काम सकिएको जानकारी दिएका छन ।

तीनबटै ठेकेदारहरुको म्याद फेवुअ्ररी २० मा सकिदैं छ । म्याद थपको लागि ठेकेदारहरुले आयोजनालाई दवाव दिन थालेका छन् । विश्व बैंकको २ अर्ब ९० करोड रुपैयांको आर्थिक सहयोगमा २०७२ बैशाखबाट यो सडक निर्माणको काम थालिएको थियो ।

यात्रु बस लगायत देशको  राजधानी काठमाडौंमा बस्ने मानिसका लागी चाहिने खाद्यन्न लगायतका सबैखाले उपभोग्य वस्तु बोकेका मालवाहक गाडीहरू गुड्ने मुख्य मार्ग पनि यही हो ।

नारायणगढ – मुग्लिन सडकलाई राजधानीको जीवन रेखा अर्थात लाइफ लाइन भन्ने गरिन्छ। सन् २०१५ को अप्रिलदेखि सो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउने काम सुरु भएको छ।

‘हाललाई पुस १८ गतेदेखि राती १० बजेदेखि बिहान चार बजेसम्म पुरै गाडी बन्द गरौं । त्यो बेलामा पहाड काट्ने र गर्न सकिने अरु कामहरु पनि गरौं । बिहान र दिउँसो कालोपत्रे लगायतका काम गरौं । कालोपत्रे गर्दा प्राय दुई तर्फी गाडी बन्द गर्न पर्दैन ।