८औ राष्ट्रिय खेलकुद प्रतियोगता: पुरुष क्रिकेटमा आर्मी र प्रदेश नम्बर २ को जित

१० बैशाख,नेपालगञ्ज/ ८औ राष्ट्रिय खेलकुद अन्तरगत मंगलबार बिहान बांकेको कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा पुरुष क्रिकेट प्रतियोगताको चौंथो दिन त्रिभुवन आर्मी क्लव र प्रदेश नम्बर २ ले रोमाञ्चक जित हासिल गरेका छन । बाँकेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर प्रदेश नम्बर १ ले फिल्डीङ रोजेको थियो ।

पहिलो पारीमा ब्याटिङको निम्ता पाएको त्रिभुवन आर्मी क्लवले २० ओभरको खेलमा ९५ रनको योगफल तयार पारेका थियो । टिमका लागि राजेश पुलामी मगरले ४१ बल खर्चिएर २७ रन जोडनुभएको थियो भने कुशल मल्लले १४ रनको सामना गर्दै २६ रन बटुल्नुभएको थियो ।

राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको बाहुल्यता रहेपनि आजको खेलमा उनिहरुको प्रदर्शन कमजोर रह्यो । सोमपाल कामीले ११ रन जोड्दा राष्ट्रिय टिम बहुचर्चित बिनोद भण्डारी शुन्य रनमै पेवेलियन फर्किनुभएको थियो ।

आर्मीका अनुभवी खेलाडीहरुलाई सस्तैमा समेट्ने क्रममा प्रदेश नम्बर १ का बलर दिपेश कंडेलले २ विकेट लिनुभएको थियो भने फ्रीदोष अन्सारी, पुष्प थापा र श्रवण यादवले १(१ विकेट लिनुभएको थियो ।

९६ रनको झिनो लक्ष्य पछ्याएको १ नम्बर प्रदेश ६८ रनमै समेटियो । आक्रामक पारी खेलेपनि १ नम्बर प्रदेशका खेलाडीहरुले खासै रन बटुल्न सकेनन् । सुरुवाती दुबै ब्याट्सम्यान शुन्यमै पवेलियन फर्किएपछि १ नम्बर प्रदेश दवावमा आएको थियो ।

टिमकालागि दिपेश कंडेल, मुकुन्द यादव र फ्रिदोष अन्सारीले समान ११(११ रन बटुल्नुभएको थियो भने सुकम पुनले १० रन जोड्नुभएको थियो ।

त्यसबाहेकका खेलाडीहरु सस्तैमा समेटिएपछि त्रिभुवन आर्मी क्लवले २७ रनअन्तरले जित निकालेको हो । आर्मीका बलर सुशान भारीले ५, सहाव आलमले ३ र सोमपाल कामीले १ विकेट लिनुभएको थियो ।

प्रतियोगिताको प्लेयर अफ द म्याच ५ विकेट लिने प्रदेश नम्बर १ का सुशान भारी घोषित हुनुभयो । यसैबिच आज नै सम्पन्न दोस्रो खेलमा प्रदेस नम्बर २ बिजयी भएको छ ।

टस जितेर सुरुमा ब्याटिङ गरेको प्रदेस नम्बर २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै मात्र ८६ रन बनाएको थियो । उसका लागि हरि शन्कर साह १४, सम्सद सेख १२, राहुल प्रताप सिंह १४ र बिबेक यादवले १० रन बनाउनुभएको थियो ।

प्रदेस नम्बर ३ का लागि संघर्ष पौडेल र सोनु तामाङ्गले समान २/२ विकेट लिनुभएको थियो भने नन्दन यादव, अशिम श्रेष्ठ र सोनु देबकोटाले समान १/१ विकेट लिनुभएको थियो ।

झिनो लक्ष्य पछ्याएको प्रदेस नम्बर ३ ले सोनु तामाङ्ग १२, जितेन्द्र सिंह ठकुरी १२ र हेम राज पौडेलले १४ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा २० ओभरमा अल आउट हुँदै ६५ रनमा समेटिएपछि २१ रनले पराजित रह्यो ।

प्रदेस नम्बर २ का लागि कुमार थापा र राहुल प्रताप सिंहले समान ३(३ विकेट, सैफुल्लाह अन्सारी र शम्साद सेखले समान २/२ विकेट लिनुभएको थियो । प्रदेस नम्बर २ का राहुल प्रताप सिंह प्लयेर अफ द म्याच हुनुभएको छ ।