खराब मौसमका बीच काठमाडौबाट नेपालगञ्ज उडान भरेको बुद्ध एयरको जहाजमा यात्रु वेहोस

६ माघ, नेपालगञ्ज/ काठमाडौंबाट नेपालगञ्ज लागी आज विहिबार बिहान उडान गरेको बुद्ध एयरको फलाइट नम्बर ४५१ बाट नेपालगञ्ज आएकी काठमाडौं महानगरपालीका वडा नम्वर २३ कि जानुका थापा खराव मसमकाज कारण जहाज समयमा नै अवतरण गर्न नसकेपछी आत्तिएर बेहोस हुनुभएको छ ।

नेपालगञ्ज एपरपोर्टमा मौसम खरावीका कारण करिव ३० मिनेट बुद्ध एयरको जहाज अवतरण गर्न नसकेर नेपालगञ्ज वरीपरीको आकशमा नै होल्ड गरेर घुमि रहेपछी ४० बर्षिया जानुका थापा आत्तिएर बेहोस भएको हुनसक्ने फलाइट सम्वद् ब्यक्तिहरुले जानकारी दिनुभएको छ ।

विहिवार विहान काठमाडौं बाट ८ बजे उडान गरेको वुद्ध एयरको उक्त जहाज ८:५५ बजे सम्म अवतरण गरिसक्नु पर्नेमा भिजिविलिटी कम भएका कारण जहाजलाई नेपालगञ्जको आकाशमा करिव ३० मिनेट नै होल्ड गरेर ९.२५ मा अवतरण गराईएको उक्त फलाइटमा उडान गर्नुभएका यात्रुहरुले जानकारी दिनुभएको छ।

आकाशमा पेलेन होल्ड गर्दा यात्रुहरु आत्तिएको र सोही क्रममा काठमाडौंबाट नेपालगञ्ज आउनु भएकी ४० बर्षिय यात्रु जानुका थापा वेहोस हुनुभएको बुद्ध एयर सम्वध ब्यक्तिले जानकारी दिनुभएको छ।

पेलेनमा वेहोस हुनुभएकी जानुकाको एयरपोर्ट नजिकै राँझामा रहेको नेपाली सेनाको ४ नम्बर अड्डा बाहिनीको अस्पतालमा उपचार भइरहेको छ ।

विहिवार विहान नेपालगञ्जको आकाशबाट हल्का बर्षा र कुहिरोले ढाकेको अवस्था छ ।