एमाले अध्यक्ष ओली बैंकक प्रस्थानअधि त्रिभुवन विमान स्थलमा पत्रकार भेटघाट: पार्टी एकता हप्ता १५ दिन पछाडी

२६ पुष, काठमाडौं/ नेकपाका एमाले अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य चेकजाँचका लागि  बुधबार अपरान्ह थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ ।

मिर्गौला प्रत्यारोपणपछि लामो समय अस्वस्थ रहेका केपी शर्मा ओली भारत, सिंगापुरका विभिन्न अस्पतालमा उपचार गराउँदा सुधार नभएपछि बैंककस्थित बुमरानग्राड इन्टरनेसनल हस्पिटल पुगे पछी सोही अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनु भएको छ ।

अध्यक्ष ओलीसहित उनकी धर्मपत्नी राधिका ब्रजाचार्य, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सकको टोली बैंकक गएको छ । ओलीको स्वास्थ्य परीक्षण बिहीबार बुमरानग्राड हस्पिटलमा नै हुने सचिवालयले जानकारी दिएको छ । बैंकक प्रस्थान गर्नु अघि अध्यक्ष ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी अहिलेका विविध राजनीतिक र एकताका विषयमा आफ्ना भनाई राख्नु भएको छ ।

बैकक किन जान लाग्नु भएको हो  ?

नियमित स्वास्थ्य परिक्षणका लागी ५/ ६ दिनको लागी बैंकक जादैछु । खास स्वास्थ्यमा केही समस्या छैन । तर पनि किड्नी प्रत्यारोपण गरेको मान्छे भएको हुनाले पनि समय-समयमा स्वास्थ्य परिक्षण गर्नु राम्रो हुन्छ । रडाक्टरहरुको पनि त्यो सल्लाह समय समयमा स्वास्थ्य परिक्षण गर्नुपर्छ भन्नेमा म बैंकक जान लागेको हु ।

सरकार गठन कहिले हुन्छ ?

लज्जाजनक ढंगले सरकार गठनमा अहिले विभिन्न व्यबधान खोज्ने, राष्टिय सभा र प्रतिनिधि सभामा दुवैमा ३३ प्रतिशत महिला सहभागीताको विषयलाई लिएर संविधानमा उल्लेख गरेको कुरालाई स्वतन्त्र काम जस्ता कुरालाई व्यवधान पार्न खोजियो । पहिला अध्यायदेशका कारण सरकार गठनमा ढिलाई भईरहेको भन्दै थियो, तर जारी भएको लामो समय भईसक्यो, प्रदेश प्रमुख र केन्द्र तोक्ने काम नगरी अझै लम्ब्याउन बसि रहेको छ ।

कानुन नजाने केसीलाई सोध्नु !

निर्वाचन आयोग विभिन्न प्रकारका ब्याक मेलिङको शिकार भएको सुनिन्छ । कति साचो हो उहाहरुलाई नै थाहा होला, कानुनी कुरामा उहाहरुलाई अप्ठेरो लागेमा गोविन्द केसीजी सग सोध्नु भएपनि हुन्छ, धेरै कुरा उहाले फटाफाट भनिरहनु भएको छ, के के भनेको हो त्यो, अदालतले पनि बुझ्ला जानला, के के भनिरहेको त्यो भनेर, जे होस् यस प्रक्रियालाई बिलम्ब गर्न खोजिरहेको छ ।

यो उचित छैन, हामी सरकारलाई भनिरहेका छौं, नगर्नुपर्ने खालका कुरा नगर्नुहोस्, अहिले सरकार हस्तान्तरण गर्नुप-र्यो निर्वाचनको परिणाम अनुसार, हो त्यस कामका लागी गर्नुपर्ने आवश्यक तयारीका कुरामात्रै अहिलेको नितान्त कामचलाउ सरकारले गर्ने हो । अरु कुरा गर्ने होइन् । त्यसका निम्ती गर्ने हो, त्यसका निम्ती किन ग-र्यो भनेर कसैले भन्ने होइन् । यस्तो अवस्थामा मैले विश्वास गरेको छु, अपेक्षा गरेको छु, छिटटै नै सरकारले प्रदेश केन्द्र र प्रदेश प्रमुख तोक्ला माघ २४ गतेका लागी ।

एकता विरोधी डाक्टरले यो हिउमा घाम ताप्छन्

विचमा निर्वाचनको तयारीका सम्वन्धमा आपसमा छलफल गर्ने र तालमेलका कुरालाई अगाडी बढाउने सन्दर्भमा प्रदेश सभाको गठन त्यसका सम्पूर्ण पक्ष राष्ट्रिय सभाको गठन आदीलाई लिएर काम गर्नका निम्ती हामीले कार्यदल निर्माण गरेका छौं ।

म फर्किएर आउने वित्तिकै अरु आवश्यक कार्यदल बनाउछौ । पार्टी एकता र एकीकरणको कामपनि तिव्रताका साथ अगाडी बढ्छ । दुईटा पार्टी एमाले र माओवादी केन्द्रविचको एकताबाट आत्तिएका तर्सिएका शक्तिहरु किन आत्तिएका तर्सिएका हुन् हामी बुझ्दैनौ । आत्तिएका तर्सिएका शक्तिहरुले यसलाई विथोल्नका लागी नाङगै अलोकतान्त्रिक, अरुका आन्तरिक मामलामा हस्तक्षेप गर्ने, अरुका पार्टीका भित्रि मामलामा हस्तक्षेप गर्ने, एकता देख्न नसक्ने, देशलाई अस्थिरतामा धकेलन, फर्काउन खोज्ने, स्थिरता तर्फ जान नदिने, खुलेआम घोषणाका साथ केही प्रतिक्रियावादी भूमिकामा उद्धत भएको देखिन्छ ।

म भन्दिन चाहान्छु प्रेसका अगाडी सबैले सुन्ने गरी यी प्रयासहरु सफल हुने छैनन् । यी सबै प्रयास सफल हुदैनन् । यो तालमेलपनि विकसित हुदै अगाडी बढ्छ र पार्टी एकतापनि हुन्छ, निकट भविष्यमै । त्यसकारण यी कोसिसहरु भईरहेका छन् ।

तर कतिपय खुरापाती विद्यामै पिएचडी गरेका डाक्टरहरु लागेका छन् । खुरापाती विद्यामै पिएचडी गरेका छन्, अन्य विषय त के मा गरे थाहा भएन मलाई । तर, पिएचडी भनेको जे मा पनि हुन्छ । यी विद्यावारिधीहरुलाई म भन्न चाहान्छु, यीनका बुद्धिले यसपटक घाम ताप्छ । यो हिउदमा घाम ताप्छ । पार्टी एकता हुन्छ । अब यति भएपछि तपाईहरु खुशी भएर आफ्ना क्यामेरा बन्द गरेपनि हुन्छ ।

अध्यक्ष को प्रधानमन्त्री को !

केही दिनमा सबै थाहा भईहाल्छ, को प्रधानमन्त्री को अध्यक्ष वा के भनेर, के के न २/ ४ वर्ष पछाडी गर्ने भए भनौन अहिले नै भन्ने हुन्थ्यो । हप्ता १५ दिन पछाडी एकता गर्दैछौं, किन अहिले हतार गर्नुहुन्छ, कुराकानीकै सन्दर्भमा ठ्याक्कै आईहाल्छ, तपाईहरुलाई ठ्याक्कै निर्णय नै दिउला ।

नेताको व्यवस्थापन के

तपाईहरु पत्रकार सरकारको छेउछाउमा कता कता पुग्नु हुन्छ, त्यहा व्यवस्थापनका कुरामा कार्यकर्ताले पैसा बुझेको देख्नुहुन्छ । व्यवस्थापन हुनुप-र्यो नि छोड्ने बेलामा दाई भनेको सुन्नुहुन्छ, अनि त्यो देखेपछि तपाईहरुलाई पर्छ, हो व्यवस्थापन त ठुल्ठुलाको गर्नुपर्ने रहेछ । अनि यहा आएर व्यवस्थापनका कुरा सोध्नुहुन्छ ।

हामी त अहिले देशका गरिब जनताको व्यवस्थापन, जाडोमा कढ्याङिग्रीएका जनतालाई कब्बल दिएर गर्नुपर्ने व्यवस्थापन भनेर सोचिरहेका छौ । कसको व्यवस्थापन गर्ने नेताको कि जनताको, हाम्रो ध्यान त जनताको व्यवस्थापनमा छ । नियमित स्वास्थ्य परिक्षण गरेपछि ओली माघ २ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।जनताटाइम्सका सहकर्मिको कलमबाट