१५ केजी लागूऔषध अफिम सहित पाण्डे पक्राउ

४ मंसिर,रुकुम/  जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले रुकुमको मुसिकोट नगरपालिका वडा नं. ८ खाबाङखानीका ४० वर्षीय हिमबहादुर पाण्डो लाई १५ केजी लागूऔषध अफिम सहित पक्राउ गरेको जनाएको छ ।

घरमा लागूऔषध अफिम लुकाई राखेको भन्ने प्राप्त गोप्य सूचनाका आधारमा जिल्ल प्रहरीकार्यालय रुकुम बाट प्रहरी निरीक्षक लक्ष्मण वलीको कमाण्डमा खटिएको प्रहरी टोलीले पाण्डेलाई घरमै सुतिरहेको अवस्थामा पक्राउ गरी लागूऔषध अफिम र भरुवा बन्दुक बरामद गरेको जनाएको छ । 

पाण्डेको घरमा खानतलासी गर्दा १७ किलो लागूऔषध अफिमका साथै एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने बारुद, गोली र छर्रा, एक थान खुकुरी बरामद गरिएको पश्चिम रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

उनका अनुसार पाण्डेलाई लागूऔषध कारोबारसम्बन्धी मुद्दा तथा हातहतियार खरखजनासम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत रुकुमबाट म्याद लिइएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ ।