नेपालगञ्जमा भूकम्प सुरक्षा दिवस : सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको मूल आधार

२ माघ, नेपालगञ्ज / ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको मूल आधार’ भन्ने मूल नाराका साथ आज माघ २ गते अर्थात्२० औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ।

भूकम्प दिवसका अवसरमा नेपालगञ्ज उप–महानगरपालिका तथा भुकम्प सुरक्षा दिवस जिल्ला समारोह समति बाँकेको आयोजनामा मंगलबार विहान भूकम्पबाट हुने जोखिम न्यूनिकरणका विविध उपायबारे जानकारी गराउने कार्यक्रम आयोजना गरेको छ।

भुकम्प स्मृति तथा भुकम्पीय पुर्व तयारी सचेतना प्रभातफेरी तथा सभा गरिएको कार्यक्रममा बोल्दै प्रमुख डा धवल शम्शेर राणाले नयाँ घररभवन निर्माणमा लागु भवन मापदण्ड पूर्ण कार्यान्वयन गर्न अपील गर्दै भुकम्पीय जोखिम कम गर्न सचेतनासँगै सहकार्यको आह्वान गर्नुभएको छ ।
भुकम्पीय जोखीमप्रति उप–महानगरपालिका प्रतिवद्ध रहेको जनाउँदै प्रमुख राणाले  भूकम्पबाट हुने क्षति न्यूनिकरणमा विशेष ध्यान दिन  निर्देशन दिएका दिनुभएको छ। राणाले भौतिक पूर्वाधार बलियो बनाएर भूकम्पपछि हुने क्षति न्यूनिकरणमा लागि पर्न पनि नेपालगञ्ज उप–महानगरपालिकाका सबै सहकर्मिलाई सचेत रहनपनि आग्रह गर्नुभयो ।

शहरी भवन डिभीजन कार्यालयका प्रमुख सुनिलकुमार ठाकुरले बढ्दो शहरीकरणमा भुकम्पीय जोखिम पनि बढी रहेकाले सबै पक्ष जिम्मेवार बन्नु पर्ने आवश्यक्तामा जोड दिनुभएको छ ।
समारोहका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भुकम्प प्रतिरोधी घर निर्माण लगायतका पुर्व तयारीमा कुञ्जुस्याई नगर्न आह्वान गर्नुभयो ।
सभा स्थलमा बागेश्वरी सशस्त्र प्रहरी गणले भुकम्पीय सुरक्षाका साधान प्रदर्शनी गर्दै त्यसको प्रयोग बारे जानकारी गराएको थियो । यस्तै मंगलबार दिउसो कर्मचारी मिलन केन्द्रमा भुकम्पिय सुरक्षाका बिषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम पनि गरिएको छ।

विक्रम संवत १९९० साल माघ २ गते भूकम्प गएको सम्झनामा मंगलबार देशभर राष्ट्रिय भूकम्प सुरक्षा दिवस आयोजना गरिएको हो। यसै अवसरमा २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको कामलाई गति दिने प्रतिवद्धता सहित सरकारी स्तरबाटै यस वर्षको भूकम्प राष्ट्रिय सुरक्षा दिवस मनाइएको हो। दिवसको अवसरमा स्थानीय तहहरुले पुनर्निर्माणको काममा तीव्रता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन।