“थारु भाषा,साहित्य हमार पहिचान, राष्ट्र निर्माणम करि योगदान” मुल नारा सहित बर्दियाको बढैयामा प्रथम राष्ट्र ब्यापी थारु भाषा साहित्य म्याला सुरु


५ माघ, नेपालगञ्ज/ थारु भाषा,साहित्य हमार पहिचान, राष्ट्र निर्माणम करि योगदान भन्ने मुल नारा सहित शुक्रबार देखी बर्दियाको प्रयटकिय क्षेत्र बढैयामा पहिलो पटक राष्ट्र ब्यापी थारु साहित्य म्याला कार्यक्रम सुरु भएको छ ।

नेपालका आदिबासी थारुहरुको बाहुल्यता रहेको नेपालको नयां मुलुक पनि भनेर चिनिने पश्चिम तराईका जिल्ला बांके,बर्दिया,कैलाली,कञ्चापुर र दांग जिल्लामा बाहुल्यता रहेको थारु जातीहरु नेपालको राजनितिक परिवर्तन सगै राष्ट्र निर्माणमा जुटन आब्हान सहित शुक्रबार देखी ३ दिन सम्म प्रथम थारु साहित्य म्याला बर्दियामा आयोजना गरिएको छ ।

देश भरीबाट जम्मा भएका थारु बुद्धिजिबी, तथा साहित्यकारहरु बाक्लो उपस्थित रहेको आयोजकहरुले जनाएका छन ।
राष्ट्रको राजनितिक परिवर्तन सगै आदिबासी थारुहरुका भाषा, साहित्य,संरक्षण र प्रर्वधन गदै स्थानिय निकायमा कामकाजी भाषाको प्रयोग लगायतका बिषयमा उक्त उदघाटनसत्रमा बक्ताहरुले प्रथामिकता दिनुपर्ने बताउनु भएको छ ।

बर्दियाको बढैया गाउंपालकिा र बासगढी नगरपालीकामा थारु भाषलार्य कार्याmयमा कामकाजी भाषाको रुपमा प्रयोग गर्ने गरि कोर्ड बैठकले पास गरिसकेका छन । अन्यलार्य पनि थारु बाहल्यता क्षेत्रमा रहेका स्थानिय निकायले यस तर्फ ध्यान दिन बक्ताहरुले आग्रह गरेका छन ।

पत्रकार एवम लेखन कृष्णराज सर्वहारीको नेतृत्वमा रहेको थारु लेखक संघ लगायत बिभिन्न थारु कल्यानकारी संस्थाहरुको आयोजना र बर्दिया, बढैयामा रहेको स्थानिय जग्रार सहित्य बखेरी लगायतको संयोजनमा सुरु भएको उक्त थारु साहित्य म्यालामा बर्दियाका बिभिन्न नगरपालीका तथा गाउंपालीका र स्थानिय ब्यक्तीहरुले मुठठीदान गरी खाद्यय तथा बसोबासको ब्यवस्थापन गरेका छन ।

तराईमा पिछडीएका जातीहरु थारु, मधेशी एवम मुस्लिमहरु मध्य परिवर्तनलाई छिटटै अगाल्ने गरेका कारण अन्य भन्दा थारुहरुमा तिब्र परिवर्तन भएको पाइन्छ ।
बर्दियामा आयोजना भएको सम्मेलनमा पुर्व मेची देखी पश्चिम महाकाली पारी काली सम्मका करीब २ सय ५० जना थारु बुद्धिजिबी एवम साहित्यकारहरुको  सहभागी रहेको कर्मशिल नेपाल संस्थाका अध्यक्ष शुशिल चौधरीले बताउनु जानकारी दिनुभएको छ ।