भेरी अस्पतालको फार्मेसीबाट रेमडिसिभर लगेर बल्याकमा बेच्ने गरेको रंगेहात पक्राउ परेकाहरुको खुलासा

३० बैशाख, नेपालगञ्ज/  भेरी अस्पतालको फार्मेसीबाट रेमडिसिभर औषधी खरिद गरी बजारमा बल्याकमा बेच्ने नेपालगञ्जका २ जना युवालाई बुधबार प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

घटना बिवरण अनुसार नेपालगञ्जका एक स्थानिय ब्यक्तीले रेमडिसिभर औषधी प्रतिभाईल २५ हजारमा बिक्री गरिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज डिल्ली खडकाको टोलीले नेपालगञ्ज वडानम्बर ११ को श्रृष्टी हल नजिकबाट रेमडिसिभर औषधी बल्याकमा बेच्ने  ति २ जना युवालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर ८ निवासी बर्ष २३ को पहिल्य औषधी कम्पनीको प्रतिनिधि (एमआर) काम गरिसकेको ब्यक्ती मोहम्द जावेद अन्सारी र नेपालगञ्ज वडानम्बर ११ को बर्ष २५ को हारुन अंशु बताउने हारुन अन्सारीलाई बुधबार दिउसो १ बजे वाड नम्बर ११ कै श्रृष्टी हल अगाढी बाट रंगे हात पक्राउ गरेको हो ।

रंगेहात पक्राउ परेका ब्यक्ती र रेमडिसिभर औषधी

पक्राउ परेका ब्यक्तीले पहेलो रंगको झोलामा २ थान रेमडिसिभर ल्याएर रु ५० हजारमा प्रहरीको सम्पर्कमा रहेको ब्यक्तीलाई बिक्री गरेका थिए । ति पक्राउ परेका ब्यक्तीहरुले अरु आवश्य परेमा भन्नुहोला खरिदकर्तालाई भनेपछी ति बल्याकरलाई पैसा पकेटमा राखी फर्कने क्रममा घटनास्थल नजिकै साधा पोशाकमा खटिएको प्रहरीले वडा प्रहरीका इन्चाज डिल्ली खडकाको नेतृत्ले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बांकेमा बुझाएको थियो ।

कोरोना सक्रमणका बिरामीलाई आवश्यक्ताको आधारमा डाक्टरको सिफारिसमा दिदै आएको रेमडिसिभर नामक औषधी बल्याकर समातिएपछी जिल्ला प्रहरी कार्यालय बांकेको कानुनी सहायता कक्षले अनुसन्धानकर्ताको सहयोगमा बयान तथा प्ररारम्भीक अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा रंगेहात पक्राउ परेका ब्यक्तीहरुले भेरी अस्पतालको फार्मेसीबाट खरिद गरेको बयान दिएपछी प्रहरीले थप छानबीन अगाढी बढाएको जिल्ला प्रहरी कार्यालय बांकेका अनुसन्धान बिज्ञ तथा कानुनी सहायता कक्षका इन्चार्ज प्रहरी निरिक्षक खिम घर्ति मगरले जानकारी दिनुभएको छ ।

छानबीनको क्रममा बांकेको कोहलपुर निवासी १ जना कोरोना संक्रमित ब्यक्तीलाई रेमडिसिभर आवश्यत परेकोले निज बिमारीका आफन्तको नाममा रेमडिसिभर औषधी खरिदका लागि रिफारिस गरेको देखिन्छ भने कतिपय ठाउंमा चिकित्सकको रिफारिस दुरुपयोग भएको देखिन्छ ।

यस्तो बिषम परिस्थितीमा सर्वसाधरण नागरिकले आवश्यक्ताको आधारमा सबैले रेमडिसिभर औषधीको अभावमा कसैले ज्यान गुमाउन नपरोस भनेर केही दिन अघिमात्र नेपाल सरकारले बंगलादेशबाट रेमडिसिभर औषधी ल्याएर बितरण गर्ने क्रममा भेरी अस्पताललाई १९८ भाइल औषधी पठाएको थियो ।

उक्त औषधी भेरी अस्पतालको फार्मेसी डिपार्टमेन्टमा इन्ट्री गरेको ३ दिनमा नै सकिएको भन्ने फार्मेसीले भनेपछी औषधी कस्ले कति प्रयोग गरे र यति छिटो सकियो भन्ने बिषयमा अस्पताल प्रशासन पनि आन्तरिक छानबनिमा नै रहेको थियो ।

भेरी अस्पतालको फार्मेसी डिपार्टमेन्टमा ज्याक लगाएर करारमा नियुक्ती केही ब्यक्तीहरु मध्यले औषधीको प्रयोगको लागि सिफारिसको दुरुपयोग गदै यस्तो बिषम परिस्थितीमा बाहिरी औषधीका ज्ञाता दलालहरुसंग मिलेर रेमडिसिभर औषधी बल्याकमा बेचेर पैसा कमाउने धन्दा गरेको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ ।

उक्त अनुसन्धानकै क्रममा रेमडिसिभरको बयानका आधारमा प्रहरीको टोली भेरी अस्पतालको फार्मेसीमा पुगेर जानकारी लिएको थियो । जानकारी लिने क्रममा भेरी अस्पतालको फार्मेसीमा हाल ३२ थान अस्पतालमै रहेको अस्पताल प्रशासनबाट जानकारी गराईएको थियो ।

उक्त घटनामा अन्य को-कसको मिलेमतो छ भन्ने बिषयमा यस बिषम समयमा प्रहरीले हाल केही नबोले पनि घटनाको सम्पूर्ण बिवरण आवश्यक प्रमाण सहित अनुसन्धान रिपोट प्रहरीले तयार गरेको स्रोतले जनाएको छ ।

सरकारले सर्वसाधरणको लागि भनी पठाएको रेमडिसिभर औषधी केही ब्यक्तीले पैसाको लोभमा पाप आर्जन गर्ने कु-बुद्धिको रुपमा प्रयोग गरेको र केहीले आफु र आफन्तका लागि आवश्यक पर्छकी भनेर घरको फ्रिजमा लुकाए राखेको जनगुनासो समेत आएको अवस्थामा भेरी अस्पताल प्रशासन थप चनाखो बन्नु पर्ने घटनाक्रमले देखाएको छ ।

यता अस्पताल प्रशासनको तर्फबाट सुपरिटेण्डेन डाक्टर प्रकाश थापा र अध्यक्ष प्रमोद धितालले संयुक्त हस्ताक्षर गरि बुधबार नै एक बिज्ञप्ती निकालेर छानबनिको नाममा अनावश्यक दवाब नदिन भनेका छन भने फार्मेसीबाट रेमडिसिभर औषधी अनधिकृत ब्यक्तीले लगेर रु ४५०० को प्रति भाइल रु २५००० मा बिक्री भएको सम्वन्धमा भने स्थानिय प्रशासनले थप छानबीनकै क्रममा रहेको बताएको छ ।

भेरी अस्पतालमा पछील्लो पटक सार्वजनिक भएका केही बिवादास्पद बिषय बाहेक बिमारीहरुलाई उचित उपचार तथा हेरचाहका साथै उच्च र प्रशंसनिय मानबिय भावनाका साथ रात दिन केही नभनी काम गरिरहेका अहिल्यका भगवानरुपती स्वास्थयकर्मी तथा चिकित्सकहरुले बेलाबखत यस्ता पैसाको लोभमा पाप आर्जन गर्ने कु-बुद्धिको रुपमा प्रयोग अरुले गर्न सक्छन भन्ने बिषयमा हेक्का राख्न जरुरी छ ।