बांके पत्रकार शाखाको २९ औ स्थापना दिवस: नयां बन्ने ऐन नियम कानुन प्रेस मैत्री बनाउन दवाब दिनुपर्नेमा जोड


२८ माघ,नेपालगञ्ज/ नेपाल पत्रकार महासंघ बांके शाखाले आईतबार आफनो स्थापनाको २९ औं बार्षिक उत्सव समारोह सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघको पहिलो शाखाको रुपमा बिक्रम सम्वत २०४५ माघ २८ गते गठन भई आफना बिभिन्न कालका स्थापना बर्षहरु पार गर्दै आएको शाखाको पहिलो पटक आईबार नेपालगञ्जको धम्बाजी स्थित ग्यालेक्सी दरबार होटलमा एक भब्य औपचारीक समारोहको आयोजना गरि बार्षिक स्थापना दिवस मनाएको छ ।

बिगतका कार्य समितिले लामो समय सम्म बार्षिक उत्सव मनाउने त परै जावस सम्झने सम्म नगरेकोमा आलोचना भइरहेकोमा आइतबार सो अवसरमा बोल्ने अधिकांस बक्ताहरुले नेपाल पत्रकार महासंघ बांके शाखा र कार्य समिति सदस्यहरुको प्रशंसा गरेको थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष एवम प्रेस युनियनका बरिष्ठ नेता बिपुल पोख्रेलले बांके शाखामा आवद्ध पत्रकारहरुले बिभिन्न कालखण्डमा राजनितिक परिवर्तन सगै समाजिक, आर्थिक एवम भौतीक बिकासमा खेलेको भुमिका कसैले पनि बिर्सन नहुने बताउदै राजनितिक परिवर्तन राज्यको नयां संरचनामा बन्ने ऐन नियम कानुन प्रेस मैत्री बनाउन दवाब दिनुपर्ने बताउनु भयो । 

बार्षिक दिवसको अवसरमा प्रमुख अतिथिका रुपमा बिचार ब्यक्त गर्नेक्रममा पोख्रेलले नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सबै पत्रकारहरुको साझ संगठज भएकाले कसैको सनक र दनकको भरमा नचल्ने बताउदै बांके शाखाले पहिलो शाखाको रुपमा आफुलाई उभ्याउदै पहिलो पटक स्थपना दिवस मनाएकोमा हार्दिक धन्यबाद दिनु भएको हो ।

त्यसैगरी बांके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य अथक भनी चिनिनु हुने महेश्वर गहतराजले राजनितिक परिवर्तनमा बांकेका पत्रकारहरुहको भुमिका अतुलनीय रहेको बताउदै नयां बन्ने ऐन नियम र कानुन प्रेस मैत्रि बनाउनेमा आफनो सकारात्मक भुमिका रहने बताउनु भयो ।

त्यसैगरी बांके क्षेत्र नम्बर १ को २ बाट प्रदेश सभा सदस्य आरती पौडेलले नेपाली प्रेस जगतबाट सर्वसाधरण जनता डर भन्दा पनि भर पर्ने गरि काम गरेमा प्रेसको सम्मानको उचाई अझ बढने बिचार ब्यक्त गर्नुभएको छ ।

नेपालगञ्ज स्थित संघिय प्रहरी इकाई कार्यालय भेरीका प्रमुख बरिष्ठ परि उपरिक्षक महेश बिक्रम शाहले नेपाल प्रहरी संगठन सत्य,तथ्यमा आधारित समाचारको सधै हितैसी र पक्षपाती रहेको बताउदै मिडियाको सम्मानमा कुनै कमि नहुने बरु आफु पनि गर्भ महासुस हुनेगरेको बिचार ब्यक्त गर्नुभयो ।

त्यसैगरी स्थपना दिवसको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएम, नेकपा एमालेका बांके अध्यक्ष अशोक कोइराला,पत्रकार पोषण केसी,जनक नेपाल, इन्सेकका क्षेत्रिय संयोजक भोला महत, पुनराबेदन नेपाल बार एसोसियसनका अध्यक्ष वल बहादुर चन्द, जिल्ला बार एसोसियसनका अध्यक्षउदयराज बर्मा लगायतका अथिति प्रतिनिधिहरुले सुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो ।
सो अवसरमा अतिथिहरुबाट नेपाली पत्रकारितामा योगदान प–ुयाए बापत बिभिन्न पत्रकारहरुलाई सम्मान गरिएको छ । सम्मानीत हुनेहरुमा बांके शाखाका पुर्व अध्यक्षहरु र बांकेबाट नेपाल पत्रकार महासंघको केन्द्रिय समितिमा भुमिकाहरु निर्वाह गरिसकेका र गरिरहेका ब्यक्तीहरुलाई सम्मान गरेको छ ।

सो अवसरमा दोस्रो सत्रमा अधिवक्ता दवय बिश्वजित तिवारी र बसन्त गौतमले सुचनाको हक सम्वन्धी अनुशिक्षणात्कम प्रवचन दिनुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ बांके शाखाकाअध्यक्ष ठाकुर सिह थारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित शीर्षक