युएस बंगला विमान दुर्घटना :दुर्घटना अघि पाइलट र टावर बीच भएको कुराकानी ! गल्ती खोज्दै एक अर्कालाई आरोप प्रतिआरोप

बंगलादेशबाट काठमाडौ आएको युयस बंगाल विमान सोमबार १४ २० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि उद्धारको प्रयास हुँदै । तस्बिर रोशन सापकोटा, रासस

२९ फागुन, काठमाडौं/ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारण देखिएकाले सोमवार अपराह्न युएस बंगला विमान दुर्घटनाग्रस्त भएको प्ररारम्भीक रिपोर्ट रहेको जनाएको छ ।

युएस बङ्गला विमान दुर्घटनामा हालसम्म चालक दलका सदस्य सहित ४९ जनाको मृत्यु हुनुका साथै २२ घाइते यात्रुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

विमानमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए । तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको क्यान, त्रिभुवन अन्तर्राष्ट्रियस्थल नागरिक उड्डयन कार्यालयले पत्रकार सम्मेलन गरी जनाएको छ ।

काठमाडौँ मेडिकल कलेज सिनामंगलमा प्रिन्स धानी र सविना व्यन्जनकार, बंगलादेशी इमरान कविर, कविर हुसेन, रसिद हसन, निहेवी हसन, रजीन अब्दुल, डा इरजन, एसएचडब्लु ओरएन र सरीन अमितको उपचार भइरहेको छ । त्यस्तै ग्रान्डी अस्पतालमा नेपाली किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारको तथा न्यूरो अस्पतालमा दिनेश हुनमागाईंको उपचार भइरहेको छ ।

त्यसैगरी मेडिसिटी अस्पतालमा केशव पाण्डे तथा नर्भिक अस्पतालमा विनोद पौडेल, वसन्त बोहरा, आशिष रञ्जित, सोनम शाक्यको उपचार भइरहेको छ । ओम अस्पतालमा भने बंगलादेशी राजवान हक्रुको उपचार भइरहेको छ ।

म्ंगलबार क्यानले आयेजना गरेको पत्रकार सम्मेलनमा क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा नगरी जहाजको अवतरण असाधारण देखिएपछि विमानस्थल प्राविधिकले अन्य जहाजलाई आकाशमै होल्ड गराएको जानकारी दिएको छ ।

विमान कम्पनी र विमान स्थल वीच छानविन पूर्व आरोप प्रत्यारोप !

युएस बंगला विमान दुर्घटनाका विषयमा छानविन शुरु हुन पूर्व नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र विमान कम्पनीविच आरोप प्रत्यारोप शुरु भएको छ ।
दुवैले दुर्घटनाको जिम्मेवार एक अर्का भएको आरोप लगाएका हुन् । यूएस बंगला एयरलाइन्सको दावी अनुसार फ्लाइटका पाइलट आबिद हसनले कुनै गल्ती नगरेको बरु एटिसीले दिएको निर्देशन अनुसार नै विमान ल्याण्ड गर्न कोशिश गरेको बताएका छन् ।

तर, विमानस्थलले भने दुर्घटनाका लागी आबिद नै जिम्मेवार रहेको उल्लेख गरेको छ । विमानस्थलका महानिर्देशक संजीव गौतमका अनुसार विमानलाई विमानस्थलको दक्षिण रनवेबाट अवतरण गर्न अनुमति दिइएको थियो । तर, विमानले उत्तर तर्फको रनवेबाट उतार्न पुगेका थिए । विमानको असमान्य अवतरण भएको थियो । यो भन्दा बढि अहिले केही भन्न नसकिने उनले बताए ।

उता, एयरलाइन्सका कार्यकारी निर्देशक आसिफ इमरानले दुर्घटनापछि ढाकामा पत्रकार सम्मेलन गरी विमानस्थलको ट्राफिक कन्ट्रोलले पाइलटलाई गलत सन्देश दिए, जसका कारण दुर्घटना भयो ।
एटिसीको तर्फबाट गडबडी भएको उनको दावी छ । इमरानले भने क्याप्टेन आबिद हसन यसअघि एयरफोर्समा काम गरेका व्यक्ति हुन्, उनि इन्ट्रक्टर समेत रहेको बताए ।

बंगलादेशका नागरिक उड्ययन प्राधिकरणका अध्यक्ष नईम हसनले दुर्घटनापछि तीन सदस्यीय छानविन कमिटि बनाएको जानकारी दिएका छन् । सो टिम तत्कालै काठमाडौं आएर छानविन गर्ने बताइएको छ ।

विमान र टावर वीच को अडियो सार्वजनिक गर्नेलाई कारवाही स् सोमबार कार्यरत एअर ट्राफिक कन्ट्रोलरहरु छुटटी

नेपाल नागरिक उड्ययन प्राधिकरणले सोमबार ४९ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनाको अडियो सार्वजनिक गर्नेमाथी कारवाही गरिने जनाएको छ । विमान चालकदलको सदस्य र टावर विच भएको कुराकानी सार्वजनिक भएपछि प्राधिकरणले त्यसलाई अपराधको संज्ञा दिदै कारवाही गरिने बताएको हो ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले उक्त घटनालाई आपराधिक कामको संज्ञा दिदै गोप्य र सम्वेदनशील सामग्री सार्वजनिक गर्नेमाथि छानबिन गरी कारबाही हुने बताउनु भयो । यसैविच, प्राधिकरणले विमानस्थल र विमानविच भएको संवाद लिंक गरेको आशंकामा त्रिभुवन विमानस्थलको एअर ट्राफिक कन्ट्रोलमा सोमबार कार्यरत कर्मचारीहरूलाई ड्युटी अफ गराएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाअघि विमानका पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीच भएको सम्वादको अडियो घटनाको केही समयपछि नै सार्वजनिक भएपछि प्राधिकरणले त्यस बखत ड्युटीमा रहेका ६ जना कर्मचारीलाई तत्कालका लागी बिदा दिएको हो ।
गोप्य रहने उक्त अडियो इन्टरनेटमा लिक भएपछि छानबिनलाई सहज होस् भनेर तत्कालका लागि उनीहरूलाई कामबाट बिदा दिइएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनीहरूलाई निलम्बन वा अन्य कुनै कारबाही भने गरिएको होइन। उनीहरूको ठाउँमा अन्य कर्मचारी खटाइएको छ।

 पाइलट र  विमानस्थलको ट्राफिक कन्ट्रोल  बीच दुर्घटना पर्नुअघिको अन्तिम तीन मिनेटको संवाद कुरा सुन्न् यहां क्लिक्स गर्नुहोस…..

कन्ट्रोल : बंगला स्टार टु वान वान आई से एगेन डु नट प्रोसिड टु रनवे टु जिरो क्लियर टु होल्ड एन्ड यु टेक अ पोजिसन
पाइलट : ओके वी आर मेकिङ टु द अरबिट इन द लाइन, ककपिट टावर वान, टु वान वान मेकिङ अ राइट होल्डबिट।।राइट होल्डिङ फर रनवे जिरो टु
कन्ट्रोल : ओके द्याटस गुड बट डु नट ल्यान्ड, नथिङ इज अन सट फाइनल रनवे जिरो टु
पाइलट : ‘ ककपिट वी आर सअ एकज्याट ल्यान्ड । त्यसक्रममा ट्याक्सी वेमा रहेको बुद्ध एयरको विमानलाई कन्ट्रोलले निर्देशन दिन्छ । संवाद चलिरहेका वेला टावरमा रहेका कसैले विमानको अवस्था हेरर नेपालीमै गम्भीर संकेत गर्दै त्यहाँका कर्मचारीलाई भन्छन् ।

‘यो जिरो टु वा टु जिरो मै अलमिलिए जस्तो छ, ‘के हो कसो हो यसमा डेकोरेड डेथ भएजस्तो लाग्यो । त्यही त यसलाई त राडार भेक्टार गरेर उता पठाउनुपर्ला जस्तो छ है यो कता जाला । सिंग्नल देउ, यो वरिपरि डाँडाकाँडामा त्यति राम्रो छैन भिजिबिलिटी’ । त्यसै क्रममा पुनः ट्राफिक कन्ट्रोलले भन्छ, ‘एयर बंगला स्टार टु वान वान रनवे क्लियर ल्यान्ड, ‘रनवे जिरो टु अर टु जिरो।।’

पाइलट : एस सर वी आर ल्यान्ड अनटु टु जिरो
कन्ट्रोल : ओके रनवे टु जिरो क्लियर ल्यान्ड विथ टु सेभेन जिरो डिग्री इन्ट–नर्थ
पाइलट : टु सेभेन जिरो डिग्री कपी टु ल्यान्ड ९जिरो टु गएजस्तो छ, कसैले भन्छ ०

ट्राफिक कन्ट्रोल : हेलो सर टु वान वान यु ह्याभ रन वे इन साइड

पाइलट : मेजेरेट सर

कन्ट्रोल : बंगला स्टार टु वान वान टर्न राइट एन्ड यु ह्याभ रनवे ९केही बेर रोकिएर फेरि भन्छन्० कनफर्म यु ह्याभ रनवे नर्थ–इस्ट साइड ऐट
पाइलट :‘ वी आर नर्थ–इस्ट साइट रिक्वेस्टिङ क्लियर टु ल्यान्ड सर

कन्ट्रोल : एभर बंगला सर टु वान वान क्लियर टु ल्यान्ड

पाइलट : स्टेट रनवे जिरो टु बंगालादेश टु वान वान

कन्ट्रोल : रोजर स्टेट रनवे जिरो टु क्लियर टु ल्यान्ड बंगला सर टु वान वान

त्यसक्रममा ट्राफिक वे मा रहेका अन्य विमानलाई जिरो टु मा बंगला बिमान ल्यान्ड गर्न लागेकाले होल्ड गर्न ट्राफिक कन्ट्रोलले निर्देशन दिन्छ ।

पाइलट :‘ सर आई क्लियर टु ल्यान्ड

कन्ट्रोल : चिच्याउँदै बंगला स्टार टु वान वान आई से एगेन‘। टर्न‘‘ त्यत्तिकैमा विमान दुर्घटनामा पर्दछ ।

युएस बंगलाका पाइलट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक कन्ट्रोल रुमका बीच दुर्घटना पर्नुअघिको अन्तिम तीन मिनेटको संवाद हो यो । जसमा टावरले पाइलटलाई बारम्बार कुन हेडिङबाट अवतरण गर्ने भनेर निश्चित गर्न खोजिरहेको छ । पाइलट र टावरबीच हेडिङका विषयमा लामो नै कुराकानी भएको सुनिएको छ ।

चालकले टु जिरो अर्थात् बौद्धतर्फको साइटबाट ल्यान्ड गर्न अनुमति मागेको र कन्ट्रोल रुमले पनि सहमति जनाएको सुनिएको छ । तर, बीचमै विमानको पोजिसन देखेर टावरमा बसेकाले दुर्घटनाको आभास पाएजस्तो पनि संवादमा सुनिएको छ । दुर्घटनापछि टावर र विमानका पाइटलबीच भएको संवाद सार्वजनिक भएको छ । जसमा यी संवाद सुनिएका हुन् ।

पाइलटले म ठीक छु ल्यान्ड गर्दैछु भनेर जवाफ दिए । ल्यान्ड गर्ने वेला ‘एलाइन्मेन्ट’ मिलेको थिएन । कन्ट्रोलरले ल्यान्ड गर्ने वेला एलाइन्मेन्ट मिलेको छैनभन्दा पाइलटले रेन्सपोन्स गरेनन् । त्यसपछि जहाज रनवेबाट सिधा ल्यान्ड गर्नुपर्नेमा रनवेबाट दाहिनेतिर (आर्मीको ह्यांगरतर्फ) टावरको छेउबाटै आयो र दुर्घटनामा पर्यो

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पनि विमानले अवतरणका क्रममा ‘मिस अप्रोच’ गरेकोले दुर्घटना भएको बताएका छन् । दुर्घटनापछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जहाज ल्यान्ड गर्ने वेलामा विमानस्थलको टावर छेउबाटै आयो । झन्डै झन्डै पार्किङमा रहेको जहाजको अति नजिकबाट टच डाउन गरी कन्ट्रोल गर्न नसकेर पूर्वपट्टिको बार भत्काई खाल्डोमा गएर खस्यो ।’
बंगला विमान पार्किङमा रहेको थाई एयरवेज विमानको पुछारपट्टिको भागमा ठक्कर हुनबाट जोगिएको थियो । विमानस्थल अधिकारीका अनुसार थाईमा ठोकिएको भए अझै क्षतिहुने स्थिति थियो । ‘नाइन नटिकल माइल’ आइसकेपछि जहाजलाई साउथ ९जिरो टु० बाट ल्यान्ड गर्ने अनुमति दिँदा खेरी पाइलटले उत्तर ९टु जिरो० तिरबाट ल्यान्ड गर्छु भनेर उत्तरतिर लागेको क्षेत्रीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘उत्तरतिर लागिसकेपछि टावर कन्ट्रोलरले फेरी तपाईं (पाइलट) लाई केही समस्या छ र भनेर सोध्नुभयो । पाइलटले केही समस्या नभएको जनाए । तर, विमान उत्तर गएर ल्यान्ड गर्नुपर्नेमा उत्तरपूर्व गएर दुई फन्को लगायो,’ उनले घटनाबारे जानकारी दिँदै अगाडि भने, ‘टावरले तपाईंले किन ल्यान्ड गर्नुभएन ? तपाईंलाई ठीक छ भनेर सोध्यो ।

पाइलटले म ठीक छु ल्यान्ड गर्दैछु भनेर जवाफ दिए । ल्यान्ड गर्ने वेला ‘एलाइन्मेन्ट’ मिलेको थिएन । कन्ट्रोलरले ल्यान्ड गर्ने वेला एलाइन्मेन्ट मिलेको छैनभन्दा पाइलटले रेन्सपोन्स गरेनन् । त्यसपछि जहाज रनवेबाट सिधा ल्यान्ड गर्नुपर्नेमा रनवेबाट दाहिनेतिर (आर्मीको ह्यांगरतर्फ) टावरको छेउबाटै आयो र दुर्घटनामा पर्यो ।’

एउटै मात्र रनवे रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कोटेश्वर तर्फको ‘हेडिङ’ अर्थात मुखलाई जिरो टु र बौद्ध तर्फको मुखलाई टु जिरो भनिन्छ । अधिकांश अन्तर्राष्ट्रिय उडानहरू कोटेश्वरतर्फ अर्थात् जिरो टु बाट अवतरण गर्ने गरेका छन् । विमान चालकहरूका अनुसार दुवै तिरबाट अवतरण गरे पनि त्यसलाई अवैधानिक भन्न नमिल्ने बताउँछन् ।

टु जिरो हेडिङबाट विमान अवतरण गर्नका लागि उत्तरतर्फ पशुपति क्षेत्रतर्फबाट आउनुपर्ने हुन्छ भने जिरो टु हेडिङबाट अवतरण गर्दा ललितपुरतिरबाट उपत्यका छिरेको विमान कतै नघुमी सोझै विमानस्थलमा प्रवेश गर्न सक्छ । विमानले घुमिरहनु नपर्ने र ‘इन्ट्रयुमेन्ट एप्रोच’ भएकाले कोटेश्वरतर्फको हेडिङ नै अन्तर्राष्ट्रिय विमानस्थलले अवतरणका लागि रोज्ने गर्दछन् । ‘इन्ट्रयुमेन्ट एप्रोच’ भनेको रनवेमा बत्तीहरू पर्याप्त रूपमा जडान गरिएका हुन्छन् र राती पनि ल्यान्ड गर्नका लागि सजिलो हुन्छ ।

विज्ञहरूका अनुसार यति संवादकै भरमा दुर्घटनाको दोष कसलाई भनेर दिन नसकिने भन्दै त्यस समयमा विमानका चालकदलबीच के कुरा भएको थियो भनेर संवाद सुनेपछि मात्र कारण पत्ता लाग्ने सक्ने बताएका छन् । विमानको ब्ल्याकबक्स अहिले सुरक्षित राखिएको छ । जनता टाईम्समा पनि समाचार छ ।