आफनै श्रीमती माथी गोली प्रहार गरि हत्या

१६ चैत,नेपालगञ्ज/ नेपालगञ्ज उप महानगरपालीका संग जोडिएको बाँके जिल्लाकोको डुडुवा गाउँपालिका वडा नम्बर ३ वनकटटीका २८ वर्षिय सञ्जय कुमार बर्माले आफ्नै श्रीमती शान्ती देवीलाई बिहिवार राती गोली हानी हत्या गरेका छन् ।

हत्या आरोपी बर्मालाई प्रहरीले पक्राउ गरेको छ । बर्माले राती सुतिरहेको समयमा १२ बोर बन्दुकले हानेर श्रीमतीको हत्या भएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ।
राती ११ बजे सुतिरहेको समयमा शान्ती माथि भरुवा बन्दुकबाट गोली प्रहार भएको थियो । गोली प्रहारपछि भाग्न खोजेको सञ्जयलाई परिवारकै मान्छेले समातेर प्रहरीलाई बुझाएको प्रहरीले बताएको छ । मृतको कोखामा दुईवटा गोली लागेको छ ।

उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले पक्राउ पछि सञ्जय माथि अनुसन्धान गरिरहेको छ । उनले आफु मानसिक रोगी भएको दाबी गरे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बर्माका १२ वर्षिय १ छोरी छोरी छिन् ।