हुम्लाको सिमिकोटमा टिपर दुर्घटना, ३ को मृत्यु, १२ घाइते

हुम्लाको सिमिकोटमा बुधबार टिपर दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव प्रहरी उपरीक्षक (डीएसपी) रामप्रसाद घर्ती मगरले घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सिमिकोट पठाइएको  जानकारी दिए ।

मजदुर बोकेर नाम्खाबाट जिल्ला सदरमुका सिमिकोट आउँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको सनाखत हुन सकेका छैन । अनलाईनखबरबाट