बर्दियाको माछागढ र कैलालीको लम्की–चुहामा सडक दुर्घटना,१ को मृत्यु,४१ घाईते, ५ जनाको अवस्था गम्भीर

कैलालिको लम्की चुहा नगरपालिका वडा नम्वर ६ गुलरामा यात्रुबाहक बस दुर्घटना

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

२९ पुस, नेपालगञ्ज/ पूर्व–पश्चिम राजमार्ग अन्तरगत बर्दियाको माछागढ र कैलालीको लम्की-चुहामा शुक्रबार राती र शनिबार बिहान भएका छुटटा – छुटटै २ वटा सडक दुर्घटनामा १ जना को मुत्यू भएको छ भने ४१ जना घाईते भएका छन ।

बर्दिया माछागढमा भएको दुर्घटनाको तस्बीर

शुक्रबार सांझ बर्दियाको माछागढका स्थानिय बासिन्दा मनिराम चौधरी आफनी श्रीमती सहित करीब ७ बजेतिर छिमेकीको घरबाट आफनो घर तर्फ मोटरसाइकलमा आइरहेको समयमा पश्चिमबाट पूर्व तर्फ गइरहेको लु१ख ८१०८ नम्बरको ट्रकले ठक्कर दिएर करीब २ सय मिट सम्म राजमार्गमै घिर्सादा चौधरीको मुत्यू भएको छ भने निजकी श्रीमती गम्भीर घाईते हुनु भएको छ ।

ट्रक र मोट/ साईकल एक आपसमा साइडमा ठोक्कीएकोमा ट्रक चालकले मोटरसाईकल ट्रकको अघिल्लो भागमा अडकीएको र ट्रक नरोकी ज्यान मार्ने उदेश्यले करबि २ सय मिटर घिर्सादा मोटरसाइकल चालक मनिराम चौधरीको मुत्यू भएको स्थानिय प्रत्यक्ष दर्शिहरुले जानकारी गराएका छन ।
ट्रक चालकको लापरबाहीले भएको उक्त दुर्घटना पछी स्थानिय बासिन्दाले ट्रक र चालकलाई पक्राउ गरी आवश्यक कानुनी कार्बाहीका लागी इलाका प्रहरी कार्यालय बांसगढीमा बुझाएका छन । दुर्घटनामा घाईते मनिराम चौधरीकी श्रीमतीको अवस्था गम्भीर रहेकाले उपचारको लागी भारतको लखनउ लगिएको इलाका प्रहरी कार्यालय बांसगढीले बताएको छ ।

त्यसै गरी शनिबार बिहानै पूर्व–पश्चिम राजमार्गको कैलाली जिल्लाको लम्की–चुहा नगरपालीका वडा नम्वर ६ मा पूर्व–पश्चिम बाट गइरहेका बस एक आपसमा जुदेर दुर्घटना हुदा ४० जना यात्रु घाईते भएको र जसमा ५ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय लम्कीले बताएको छ ।  

टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको नारायणी यातायातको ना ७ ख २४६ नम्वरको बस एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बिहान लागेको हुस्सुका कारण सडकमा विपरित दिशाबाट आएको गाडी नदेखिँदा बस एक आपसमा ठोकिएका हुन् ।

शनिबार बिहानै बाक्लो हुस्सु लागीरहेको अवस्थामै बिपरीत दिशाबाट आएका २ वटा बस ना ४ ख ५१३२ नम्बरको बस र ना ७ ख २४६ नम्वरको यात्रु बहाक बस एक आपसमा ठोक्कीएर सो दुर्घटना भएको घाईतेहरु बयानलाई उद्यत गदै इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । दुर्घटनामा परि  घाईतेहरुको लम्की स्थित घोडाघोडि अस्पतालमा उपचार भईरहेको जानकारी दिएको छ ।