भारत र चाइना सेना बीच झडप: कर्णेल सहित कम्तीमा ३ जना भारतिय सेनाको मुत्यू

चिनियाँ र भारतिय सिमा क्षेत्र

२ असार नयाँदिल्ली/  भारत र चाइनाको सिमा क्षेत्र लद्दाख क्षेत्रमा पर्ने गलवान उपत्यकामा सोमबार राती चिनियाँ र भारतिय सेनासँग भएको झडपमा भारतीय सेनाका १ जना कर्णेल सहित कम्तीमा ३ जना भारतिय सेना मारिएका छन ।

भारतीय सेनाको मुख्यालयले दिएको जानकारी अनुसार सोमबार राति चिनियाँ सेनासँग लामो समय झडपdf ३ जना भारतिय सेना मारिएको इन्डिया टुडेले समाचार लेखेको छ ।

लद्दाखको पाङगोङ सो, गल्वान, डेमचोक र दौलत बेगमा ५ हप्तादेखि दुई देशबीच तनाव उत्पन्न भएको छ । यसअघि पनि पाङगोङ सो क्षेत्रमा दुई देशका सैनिक बीच हात हालाहाल भएको थियो ।

घटनाका सम्वन्धमा चाइनाको बिदेश मन्त्रालयले उक्त घटनामा भारतिय सैनिक चाइनाको सिमानामा घुसेर चाइना सेना माथी आक्रमण गरेको जनाएको छ ।

चाइनाको बिदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले एक बक्तब्यमा सिमा क्षेत्रमा बिवाद कम गर्न बार्ता जारि रहेको समयमा आश्चार्य जनक रुपमा भारतिय पक्षले सिमाना पार गरेर आक्रमण गर्दा झडप भएको र दुबै पक्षका सेना बीच गम्भीर घाईते हुन पुगेको जनाएको छ र