बाराको कलैयामा रहेको रिलान्यास सुगर एण्ड केमिकल इण्डस्ट्रिजमा बिष्फोट : १ मजदुरको मुत्यू ९ जना घाइते

श्रीपुरस्थित रिलान्यास सुगर एण्ड केमिकल इण्डस्ट्रिज फयाक्ट्रीमा  भएको विस्‍फोट

२७ चैत,बारा/ बारा जिल्लक को कलैया उप–महानगरपालिका वडा नम्बर २४ श्रीपुरस्थित रिलान्यास सुगर एण्ड केमिकल इण्डस्ट्रिज फयाक्ट्रीमा  भएको विस्‍फोटमा परी  १ जना मजदुरको मृत्यु भएको छ भने ९ जना मजदुर गम्भीर भाईते भएका छन ।

रिलान्यास कम्पनीको १ लाख ७० हजार लिटर क्षमताको उखु पेलेर लेदो निस्कासन हुने मलासिस ट्याक मंगलबार दिउसो विष्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार उक्त घटनामा परि भाईते भएका मध्य बारा जिल्ला अस्पतालमा उपचारको क्रममा भारतीय नागरिक ४५ वर्षीय राम सनईको मृत्यु भएको  छ।

विस्‍फोटटमा परी घाइते भएका ९ जना मजदसरको बाराको कलैया र वीरगञ्जमा उपचार भइरहेको छ। घाइतेमध्ये ८ जनाको नेशनल मेडिकल कलेज र१ जनाको जिल्ला अस्पताल कलैया अस्पतालमा उपचार भइरहको छ।

विष्फोटमा परी घाइते हुनेमा कलैया उपमहानगरपालिका २ का ब्रजेश महतो, महागढीमाई नगरपालिका ११ का ४७ वर्षीय नागेन्द्र ठाकुर, बारा भोडहाका ३० वर्षीय प्रमेश्वर साह, उत्तरझिटकैयाका २७ वर्षीय भूपेन्द्र मण्डल, ३५ वर्षीय रमेश यादव, शितलपुरका ३५ वर्षीय देवनारायण महतो, पर्सा भेडिहारीका ३२ वर्षिय प्रेमराउत बरई र भारतीय नागरिक ५२ वर्षीय कमलेश्वर सिंह रहेका छन्।

गम्भीर अवस्थाका ३ जनालाई काठमाडौं पठाइएको बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभएको छ। विष्फोटबाट कम्पनीमा कति क्षति भएको भन्ने बारे अझैं खुलेको छैन। घटनाको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ