नेपालगञ्ज भन्सार कार्यालयबाट छुटनै लागेका ५ ट्रक गुणस्तरहिन चामल पक्राउ,कोहलपुरमा पक्राउ परेको मोलमोलाईमा छुटयो,नेपालगञ्ज भन्सार कार्यालमा ४ ट्रक शसस्त्रको कडा निगरानीमा

नेपालगञ्ज भन्सार कार्यालय र पक्राउ परेका ट्रकहरु । फोटो: hamrosamrachana.com

७ असार, नेपालगञ्ज/ नेपालगञ्ज भन्सार कार्यालयमा राजश्व सहयोगीको रुपमा खटिएको शसस्त्र प्रहरी इकाई कार्यालयले ४ ट्रक चामल सहित ट्रक चालक र तिनका सहयोगीहरुलाई पक्राउ गरेको छ ।

गत शुक्रबार सांझ बर्दियाको बासगढी निवासी केशब खडका समेतका ब्यक्तीहरुले सञ्चालन गरेको बांकेको कोहलपुर स्थित शिवशिखर कृर्षि सहकारी सप्लायर्स नाममा रहेको उक्त चामल लोड गरेका ४ वटा ट्रक नेपालगञ्ज भन्सार गेटबाट पास हुनै लाग्दा बिशेष सुचनाका आधारमा शसस्त्रले उक्त ४ वटा ट्रक पक्राउ गरेको हो । ति ४ वटा ट्रक सगै भन्सारबाट छुटेको अर्को ट्रक शुक्रबार सांझ करीब ८ः३० बजे बांकेको हवल्दारपुरबाट पक्राउ परेको थियो ।

हवल्दारपुरमा पक्राउ परेको उक्त ट्रक भने कोहलपुर स्थित मध्यपश्चिम क्षेत्रिय राजश्व अनुसन्धान कार्यालयमा बुझाइएकोमा उक्त ट्रक भने मोलमोलाइ पश्यात सम्वन्धीत पाटीले छुटाईसकेको बताइएको छ ।

नेपालगञ्ज भन्सार कार्यालय गेटबाट पक्राउ परेको अन्य ४ वटा ट्रकमा भारतको बहराइच क्षेत्रबाट चामल लोड गरि नेपाल तर्फ आइरहेका ति ट्रकहरुमा बोरीमा ल्याइएको चामलमा उत्पादन नेपालको शिवशिखर लेखिएको र भारतबाट आयत भएको देखिएकाले पक्राउ गरि थप अनुसन्धान सहित कार्बाहीका लागी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ ।
नेपालमा उत्पादन भनी बोरीमा लेखिएको र भारतबाट आयात गरिएको पाइएकोले गैर कानुनी रुपमा उपभोक्ताहरुलाई ठगी गर्ने नियतले चामल आयात भईरहेकोले पक्राउ गरि कार्बाहीका लागी भन्सारका बुझाएको नेपालगञ्ज भन्सार कार्यालयमा खटिएको राजश्व गस्ति टोली स्रोतले बताएको छ ।

पक्राउ गरिएको चामलमा पनी मिलेमतोमा गैरकानुनी र भारतमा प्याकिंग गरेको चामल नेपालमा बनाएको भनी उपभोक्ता ठगी गर्ने कार्य भैइरहेकोले कार्बाहीका लागी भन्सारलाई बुझाई २४सै घण्टा पक्राउ परेका गाढीको कडा सुरक्षा दिइरहेको राजश्व गस्ती टोलीले बताएको छ ।

उक्त पक्राउ परेका ५ वटा मध्य कोहलपुरमा पक्राउ परेको १ ट्रक चामल कसरी छुटयो र किन छुटयो आफुलाई थाह नभएको तर नेपालगञ्ज भन्सार कार्यालयमा पक्राउ परि आएका ४ वटा ट्रकहरु क्रमश ना ७ ख १२४४ नम्बर, ना ६ ख ५२०६ नम्बर, ना ६ ख ५२०७ र ना ७ ख १६१३ नम्बरका ट्रक रहेको नेपालगञ्ज भन्सार कार्यलयबा सुचना अधिकृत सुभाष श्रेष्ठले बताउनु भयो ।
सुचना अधिकृत श्रेष्ठका अनुसार नेपालगञ्ज भन्सार कार्यालयबाट भारतबाट चामल प्रतिकेजी भारु ३० रुपैया प्रति केजी परल मुल्य कायम गरेर कृर्षि सुधार शुल्क शिर्षकमा ८ प्रतिशत राजश्व लिएर नेपालगञ्ज क्षेत्रका बिभिन्न आधा दर्जन ब्यक्तीहरुले ठुलो मात्रामा चामल आयात गरिरहेकोमा नेपालमा नै उत्पादन गरेको भनी लेखिएको बोरामा चामल प्याक गरेको उपरोक्त ट्रकहरुमा पाइएकोले शसस्त्र प्रहरीको राजश्व गस्ति टोलीले पक्राउ गरि भन्सारमा बुझाएको बताउनु भयो ।
पक्राउ परेका चामल सहितका ट्रक र ट्रक चालक, सहयोगीहरु भन्सारमा अलपत्र छन भने चामल ल्याउने पार्टी केशब खडकाहरु भ्ने उक्ट केश मिलाउन काठमाण्डौंमा दौडधुप गरिरहेको स्रोतले बताएको छ ।
नेपालमा आयात गर्ने गरिएको चामलको नेपालगञ्ज स्थित क्षेत्रिय खाद्यय गुणस्तर कार्यालयबाट गुणस्तरको परिक्षण पछी खान योग्य भएको प्रमाणित भएपछी मात्र आयात गर्न पाइन्छ तर उक्त भारतमा सार्क स्तर खाद्यय सुरक्षाको लागी लगातार डम्पिंग गरिएको कमशल खालको चामल सस्तो मुल्यमा ल्याएर नेपालमा चर्को मुल्यमा बिक्री गर्ने गरिएको छ ।

गुणस्तर हिन चामल आयात गरि नेपालमा सप्लाई गर्दै आएका बिभिन्न ब्यक्ती तथा फर्महरुले चामल मिल तथा खाद्यय उद्योग दर्ता गरेपनी भारतबाट गुणस्तर हिन भनी सार्क खाद्यय सुरक्षा गोदामबाट अनिबार्य हटाउनै पर्ने चामल सस्तो मुल्यमा किनेर भारत मै प्याक गरि नेपालमा उत्पादन गरिएको भनी बिभिन्न ब्यक्ती तथा दाललहरुको मिलेमतोमा नेपालीहरुलाई चर्को मुल्यमा गुणस्तर चामल आयात गर्दा पनी स्थानिय जिम्मेवार निकाय भने लोभलालचमै मस्त रहेको भन्सार राजश्व गस्ति स्रोतले दाबी गरेको छ ।

भारतबाट गुणस्तरहिन चामल नेपालमा बनेको भनीएको बोरामा प्याग गरि भन्सारबाटै मिलेमतोमा आयात गरिरहेको सम्वन्धमा चामलका मालीक केशब खडकाले चलाउने गरेको मोबाइल नम्बर ९८५१०६१३९८ मा कल गर्दा हाललाई यो नम्बर बन्द गरिएको दुर सञ्चार कम्पनीले अनलाईन सुचना दिएको छ भने निजका भाई राज कुमार खडकाले चलाउने गरेको निशु लामाको नाममा रहेको ९८५१०४७०६८ नम्बरको मोबाईल नम्बर स्वीच अफ गरि हाल फरार अवस्थामा रहेको भनीए पनी काठमाण्डौंमा मोलमोलाईमा लागेको स्रोतको दाबी रहेको छ ।