तीन दिन देखि कर्णाली राजमार्ग अबरुद्ध

२० असार,कालीकोट/ अविरल वर्षा सँगै खसेको पहिरोले कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ । कालीकोट र दैलेखको सिमाना नजिकै कालिका गाउँपालिका वडा नम्बर १, गगने खोलामा एक किलोमिटर माथिबाट पहिरो खसेको हो । सडक थुनिएपछि यात्रुको बिचल्ली छ । तीन दिनदेखि बाटैमा अलपत्र परेको मुगुबाट आएका हीरा बोहराले बताउनु भयो ।

सडक थुनिएपछि यात्रुको बिचल्ली छ । तीन दिनदेखि बाटैमा अलपत्र परेको मुगुबाट आएका हीरा बोहराले बताए । ‘नेपालगन्ज हिँडेको तीन दिन भइसक्यो, अझ कहिले खुल्ने हो थाहा छैन,’ उनले भने ।
सडक खुलाउन एक्साभेटर चलाइए पनि माथिबाट पहिरो खस्नेक्रम रोकिएको छैन । करिब दुई सयको संख्यामा बस, ट्रक, मिनीटाटा, ट्रयाक्टर, जिप दैखोला, गगनेखोला, हुल्म, मान्म, गल्ली, राँचुलीलगायत ठाउँमा रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । गगनेखोलाको सय मिटर चौडा पहिरो पानी पर्नेबित्तिकै झर्ने गर्छ।
पहिरोले कालिका–१, छातीगाउँका ११ घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए । कालीकोट खण्डको खाँडाचक्र–४ मा पर्ने छेका, तिलागुफा नगरपालिका–४ मा पर्ने राँचुली, कर्णाली करिडोरको लालीघाट भौरुकुना, रेंगिल, नानीकोटको भुराबगर, सिमलगायत ठाउँमा पनि पहिरो गएको प्रजिअ चन्द्रनाथ गौतमले बताउनु भयो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पहिरो पन्छाउन सुर्खेत–जुम्ला सडक कार्यालय, कर्णाली करिडोर निर्माण कार्य दल र स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । कान्तीपुर अनलाईनबाट