रोल्पाको माडी र कैलालीको चुहामा दुर्घटना: ३ जनाको मृत्यु ११जना घाइते

 

१७ साउन,रोल्पा/ रोल्पाको माडी र कैलालीको चुहामा   छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

रोल्पाको माडी गाउँपालिकामा ट्याक्टर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
माडी गाउँपालिका–२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा १ त १५०७ नं.को ट्याक्टर माडी–१ धाराबाङमा बुधबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका–७ का २७ वर्षीय चालक आशाराम चौधरी र रोल्पा गंगादेव गाउँपालिका–१ का १८ वर्षीय डम्बरबहादुर वलीको मृत्यु भएको प्रहरीले बताएको छ ।
कच्ची सडकका कारण ट्याक्टर अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए ।

यस्तै कैलालीको लम्की चुहा नगरपालीका ६ गुलरामा माईक्रोवसको ठक्कर वाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज वाट धनगढी जादै गरेको भे १ ज ६८१ नम्वरको माईक्रोवसकोे ठक्कर वाट लम्की चुहा ७ एकलघरुवा वस्ने साईकल यात्री एक वृद्धको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्की ले जनाएको छ ।

सोही नगरपालिका–९ खुमरियाका ६५ वर्षीय पञ्चराम चौधरीको टीकापुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । दुर्घटनामा ११ जना घाईते भएका छन् ।

घाईते हुनेमा ठाकुरवावा वर्दियाकी सिता थापा, कैलाली गाउवपालीका ८ कैलालीका यमुना गौतम,र उनका श्रीमान टंक वोहरा, हसुलियाका रविता चौधरी, उनकी ३ वर्षिया छोरी श्रेया चौधरी, नेउपलापुर वर्दियाका महाविर थारु, ठाकुरवावा वर्दियाका झुमा खड्का, ताराताल वर्दिया की नन्दकला सुनार, पर्शुराम नगरपालीका डडेल्धुराका मोती भट्टराई, धनगढी उपमहानगरपालीका रतीपुरकी समिक्षा मल्ल र पवित्रा सुनार रहेका छन् ।