सरकारले निःशुल्क उपलब्ध गराएको स्यानीटाइजर बिक्री गर्ने दीपेन्द्र अग्रवालको कमला मिडिसिनमा प्रहरीको छापा

# अनु आर्चाय  #

३ बैशाख, नेपालगञ्ज/  एसआर नामक ड्रग कम्पनीले केही दिन अघि नेपाल सरकार मार्फत नेपाली जनताका लागि नि:शुल्करुपमा उपलब्ध गराईएको स्यानीटाइज नेपालगञ्ज स्थित कमला मिडिसिन ड्रग हाउसले बिक्री बितरण गरिरहेको पाइएपछी मंगलबार सांझ उक्त हाउसमा प्रहरीले छापा मारेको छ ।

नेपालगञ्जको सुर्खेत रोडमा रहेको होटेल कृण्णा सिग्नेट होटेलका मालिक समेत रहेका दीपेन्द्र अग्रवालले सञ्चालन गरिरहेको कमला मिडिसिन फर्मको नामबाट एसआर ड्रग कम्पनीले नेपाल सरकार, स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई नि:शुल्करुपमा उपलब्ध गराएको एस आर केयर हयाण्ड सेयानिटाइजर ५०० एमएलको प्रति शिशि रु. ६०० मा बिक्री बितरण गरेको पाइएपछी प्रहरीले मंगलबार सांझ उक्त कमला मिडिसिनमा छापामारि सिलबन्दी गरेको हो ।

बिश्व नै कोरोना भाइरसको कारणले मानव जिवनमा त्रायी– त्रायी भएको अवस्था र नेपालमा समेत कोरोनाको रोकथामको लागि सबै जुटिरहेको अवस्थामा दीपेन्द्र अग्रवालले  नेपाली जनताको लागि निजि फर्मले सरकारलाई सहयोग उपलब्ध गराएको स्यानीटाइजर  मिलेमतोमा  बिक्री गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अग्रवालले लामो समयसम्म नेपालका बिभिन्न जिल्ला जनस्वास्थ प्रमुखहरुसंग मिलेर औषधीको सप्लायर्सको काम गर्ने गरेकोमा केही भ्रष्टहरुसंग हिमचिम बढाएर निजि क्षेत्रबाट औषधीमा टेण्डर हाले बमोजिम नदिने  गरेको  बिगत देखी बर्तमान सम्मका बिभिन्न घटनाक्रमले समेत पुष्टी गर्ने गरेको छ ।

कमला मिडिसिनका मालिक समेत रहेका दीपेन्द्र अग्रवालले ५ सय एमएलको प्रति शिशि रु. ४ सयमा खरिद गरि आफनो नजिकैको एक जना साथीलाई प्रति शिशि रु. ४ सय ५० मा किन्न सिफारिस सहित गएकोमा उक्त ब्यक्तीले यसरी यस्तो अवस्थामा गलत गरेर पैसा कमाउन मलाई छैन भनी फिर्ता गरिदिएकाले  अग्रवालको सहयोग अन्य ठाउंमा समेत उक्त नि:शुल्क स्यानिटाइजर बिक्री बितरण गरेको हुनसक्ने आशंका गरिएको छ ।

दीपेन्द्र अग्रवालकै रहेको होटेल सिग्नेट कृष्णा सगै जोडिएर रहेको उक्त कमला मिडिसिन मार्फत बिगतमा समेत बिभिन्न बिवादमा आउने गरेका थिए । केही समय अगाढी अग्रवालको उक्त सिग्नेट होटेलमा केटी काण्ड निकै चर्चामा आएको थियो ।

मंगबलबारको स्यानिटाइजर काण्डमा एसआर नामक ड्रग कम्पनीले सरकारलाई शिशि बाहिर मुल्य नै नराखेर नटफर सेल्स समेत लेखेको र नि:शुल्क रुपमा दिएको एसआर केयर नामक स्यानीटाईजर नेपालगञ्जको सुर्खेत रोडमा दीपेन्द्र अग्रवालले सञ्चालन गरिरहेको कमला मिडिसिन मार्फत बिक्रि बितरण भएको पाईएको थियो ।

उक्त स्यानिटाईजरमा लेवल समेत अर्को छोपिएको र नटफर सेल्स लेखिएको तर प्रति शिशि रु ६०० का दर बिक्री बितरण गरेको पाइएपछी एक जना मदन भण्डारी नामक ब्यक्तीले उक्त शिशिको फोटो समेत हाली सरोकारवाला निकाय हेलो सरकार र नेपाल प्रहरीको फेस बुकमा ध्यानआकर्षण गराउनुभएको थियो ।

भण्डारीले आफनो फेसबुक पेजमा पोष्ट गरेपछी तुरुन्तै प्रधानमन्त्री कार्यालयबाट प्रहरी प्रधान कार्यालयमा छानबीन गरि आवश्यक काम कार्बाहीको जानकारी गराउन निर्देशन दिइएको थियो ।

प्रहरी प्रधान कार्यालयबाट प्रहरी प्रमुख आइजिपिले आफै जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुखलाई फोन मार्फत स्यानिटाइजर काण्ड के कसो हो ? छानबीन गरि जानकारी गराउन निर्देशन गर्नु भएको थियो ।

उक्त आइजिपिको फोन पछी वडा प्रहरी कार्यालय नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख बीर बहादुर वलीको समेतको टोली उक्त कमला मिडिसिनमा पुगेर आवश्यक प्रक्रिया पुरा गरेर छापा मारि मेडिसिनको सम्पूर्ण कारोबार सिल गरेको छ ।

मंगलबार राती अबेर सम्म उक्त कमला मिडिसिनका लेखापाल सम्पर्कमा नआएकाले के – कती को बाट खरिद गरिएको र को–कस्लाई कति बेचेको भन्ने रेकर्ड नपाइएकाले छानबीन टोलीले सिल गरेर छानबीन गरिरहेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी उपरिक्षक बीर बहादुर वली जनाकारी दिनुभएको छ ।

प्रमुख वलीले कमला मिडिसिनमा माथीको निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालयको अनुसन्धान सहितको टोलीले छापा मारेर सिल गरि छानबीन भईरहेको तर उक्त मेडिसिनका सञ्चालन पक्राउ नगरिएको आवश्यक परे बुधबार पक्राउ गर्न सकिने जानकारी दिनुभएको छ ।

दीपेन्द्र अग्रवाल होटेल तथा आफुले सञ्चालन गरेका ब्यावशायक फर्ममा घटना आफै घटनाउने र सम्वन्धीत निकायबाट छानबीन हुनलागेमा काम गर्ने मजदुरलाई अगाढी सारेर मालिक उम्कने गरेको अग्रवाल निकट ब्यक्तीहरुले जानकारी दिने गरेका छन ।

उक्त स्यानीटाइजर कोरोना भाईरस प्रतिरोधक एक किसिमको इस्प्रीट रहेको र उक्त इस्प्रीटले हात सफा गरेमा कोरोना भाइरस निस्तेज हुनेभएकाले सरकार मार्फत सजिलै निशुल्करुपमा पाउन भनेर बिभिन्न संघ–संस्था तथा कम्पनीहरुले सरकारलाई निशुल्करुपमा नट फर सेल्स भनेर स्यानीटाइजर उपलब्ध गराएका थिए । सोही स्यानीटाइजर अग्रवालले कमला मिडिसिन मार्फत बिक्री गरेको खुलेको हो ।

कोरोना भाइरसको सक्रमण रोक्नका लागि देशैभर नेपाल प्रहरी लकडाउनको पालना गर्न गरान लागिरहेको समयमा यस्ता भ्रष्टाचारको सम्वन्धमा सम्वन्धीत निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफै सक्रिय हुनुपर्नेमा अख्तियार आफै लकडाउनमा परेको देखिएको छ ।