१ दिनमा ६७१ जनामा कोरोना संक्रमित: नेपालमा ७ हजार ८ सय ४८ पुग्यो

४ असार, नेपालगञ्ज/  नेपालमा कोरोना संक्रमितहरुको पछील्लो दिनमा सरदर प्रति दिन ५ सय को हाराहारीको सख्यामा बृद्धि हुनेक्रम जारि रहेको छ ।

बिहिबार पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा बिहिबार थप ६ सय ७१ जनामा कोरोना संक्रमित भएको जानकारी सार्वजनिक गरेको छ ।

बिहिबार  संक्रमितहरुको विवरण:
अर्घाखाँची ९७,दैलेख ८७,डडेलधुरा ८४अछाम ४४बाजुरा ४१सुर्खेत ३४रौतहट ३४झापा २मोरङ १वैतडी २५भक्तपुर ३कैलाली ४२कपिलवस्तु १६काठमाडौं २

नुवाकोट २रुपन्देही ३सर्लाही २सिन्धुपाल्चोक १ललितपुर १नवलपरासी पश्चिम २महोत्तरी १सिन्धुली १पर्वत ५चितवन १नवलपरासी पूर्वका ३७धनुषा २९बागलुङ१मनाङ १स्याङ्जा ९पर्वत ४तनहुँ १५गोरखा ११गुल्मी ३कपिलवस्तु १पाल्पा ६रुपन्देही ९रोल्पा १बाँके बर्दिया ३दाङ ४बझाङ ३कञ्चनपुर २ डोटी ५ संक्रमि रहेका छन ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ संक्रमितहरुको सख्या सार्वजनिक गर्दै बिहिबार सम्म नेपालमा संक्रमित हुनेहरुको सख्या ७ हजार ८ सय ४८ जना पुगेको जानकारी दिनुभएको छ ।

संक्रमितहरु मध्य २२ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ८६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशको दैलेखमा कोरोना संक्रमित थपिएको थपियै 

कर्णाली प्रदेशको दैलेखमा कोरोना संक्रमितहरुको संख्या थपिएको थपियै छ । बिहीबार १ सय २० जना कोरोना भाइरस संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभएको छ । डा. तिवारीका अनुसार दैलेखका ८६ जना र सुर्खेतका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको छ।

स्वास्थ्य सेवा महाशाखाकाबाट जारि प्रेस बिज्ञप्ती अनुसार बिहिबार थपिएकाअरुमा दैलेख जिल्लाको को महाबु गाउँपालिका वडानम्बर २, ३, ४, ५ र ६, भैरवी गाउँपालिका १, चामुण्डा विन्द्रासैनी नगरपालिका ६, दुल्लु नगरपालिका वडानम्बर ३ र ५ र गुराँसे गाउँपालिकाका १ र ५ वडामा संक्रमित भेटिएका हुन् । महाबुको वडा नम्बर २ का मात्रै एक बालक र ४ महिला सहित ५२ जना रहेका छन् ।

सुर्खेतको बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, चिङ्गाड गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा संक्रमित भेटिएका छन् ।

यो संख्या सँगै कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या १२ सय २४ पुगेको छ । जसमध्ये बिहीबार सम्म ५०५ जना डिस्चार्ज भएका छन् ।

बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट ६ जना, दैलेखको महाबुबाट एकजना, सुर्खेतको सालकोटबाट ३ जना, सिम्ताबाट एकजना गरी ११ जना डिस्चार्ज भएका छन् । कर्णालीमा हालसम्मा ४ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित शीर्षक