नेपालमा आयात हुने महिन्द्रा,मारुती सुजुकी पछी फोर्ड गाडीका नाममा ठगी धन्दा चलाउने कम्पनीका सञ्चालकहरुलाई कडा कार्वाही गर्न सम्वन्धीत विभाग दवारा प्रहरीलाई पत्राचार

१८ माघ,नेपालगञ्ज/  केही सिमित दलालहरुको सेटिंगमा निश्चित ब्यक्ती वा संस्थाले मात्र सवारी साधन आयात गर्न बनाइएको बिभेदकारी ऐन नियमका कारण गाढी आयत तथा बिक्री बितरण गर्ने ठगहरुबाट नेपालीहरु दिन दोपहरमै लुटिरहेका छन । सरकार भने दलालीको चंगुलमा परेर तै चुप मै चु भएर गलत ऐन नियम सुधार नगरी जन उत्तदायी बन्न् सकेको छैन ।

नेपालमा सवारी साधन बाहेक अन्य समाहरु बिदेशमा निर्माण भएको भन्सार प्रक्रिया मिलाएर सर्वसाधरण जनताले आयात गर्न पाउछ तर गाढीहरुको आयात तथा बिक्री बितरण चाही ल्याउन नदिएर दलालहरुले एक द्धार प्रणाली बाट ल्याएर उपभोक्तालाई गाढी बिक्रीमा अत्याधिक नाफा लिएर बिक्री गरेर ठगी धन्दा चलाईरहेका छन नेपाल सरकार आंखा र कान बन्द गरेर बसिरहेको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नेपालमा बिभिन्न अटोमोबाइल्स आयात कम्पनीहरुले  सवारी साधन एक द्धार  प्रणालीबाट आयात गरेर उपभोक्ताहरु ठगिएकोले त्यस्ता बिभेदकारी ऐन नियम परिवर्तन गरि ठगी धन्दा चलाउनेहरुलाई कार्वाही गर्न बारम्बार सम्वन्धीत निकायलाई जानकारी र पत्रचार गरिरहेको जनाएको छ ।

त्यसरी ठगी धन्दा चलाउनेहरुमा  हाल सम्म जिओ अटोमोबाइल्सको, फोर्ड गाडी, चौधरी ग्रुपको अरुण इन्टरकन्टीनेन्टल ट्रेड द अटोमोटीभ डिभिजन मार्फत बिभिन्न् कम्पनीहरुको शोरुम मार्फत मारुती सुजुकी र अग्नी कार्पोरेटको महिन्द्रा गाडीको बिक्रीमा ग्राहकलाई ठगी गरेको प्रमाण सहित कार्बाहीको लागी सम्वन्धीत निकाय र सरकारको समेत ध्यान आकर्षण गराइएको  छ ।

गाडी आयात गरी बिक्री गर्दै आएका ति  आयातकर्ता ठग कम्पनीहरुका सञ्चालकहरुलाई ग्राहकलाई ठगी गरेको प्रमाणित भएपछि विभागले ठगी मुद्दा चलाउने निर्णय भएको बताइएको छ ।

विभागले बुधबार कम्पनीले ठगी गरेको निष्कर्ष निकाल्दै ठगी मुद्दामा कारबाही गर्न प्रहरीलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । कम्पनीहरुले मनपरी  धेरै नाफा खाएर गाडी बेच्दै आएको प्रमाणित भइसकेको विभागका अधिकारीहरुले बताएका छन ।

ठगि धन्दा चलाउने अटोमोबाइल्स प्रालिका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्न विभागले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ ।

बयान र कागजपत्रको आधारमा ती कम्पनीले ठगी गरेको पुष्टि भएको विभागका अधिकारीहरुले बताइसकेका छन ।  विभागले गाडीको बिक्रीमा ग्राहकलाई ठगी गरेको निष्कर्ष निकाल्दै ती कम्पनीमाथि कडा कारबाही गर्न प्रहरीलाई पत्राचार गरिसकेको छ ।

नेपालमा गाडी पनि २० प्रतिशत भन्दा धेरै नाफा लिएर बिक्री हुँदै आएको आफूहरुको अनुसन्धानमा देखिएको उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले बताउनु भयो ।  नेपालमा हाल कम्पनी मुल्यको २० प्रतिशत भन्दा धेरै नाफा लिएर कुनै पनि सामान बेचेमा कालोबजारी गरेको ठहर्ने कानुनी प्रावधान छ ।

नेपालमा आयात हुने समानहरुका उत्पादन कम्पनीका तर्फबाट पनि नेपालमा ठगी धन्दा चलाउने कम्पनीहरु डिलरसिप तथा फुटकर बिक्रेताहरुको मूल्य तर्फ ध्यान दिनुपर्नेमा त्यसो नगरी ठगी धन्दालाई प्रशय दिइरहेको पाइएको छ ।