बिहिबार बिहानै कोठारपुरमा मिनि बस र ट्रक ठोक्किए

नेपालगञ्ज ११ माघ/ बाक्लो हुस्सु कै बीच बिहिबार बिहान नेपालगञ्जबाट जाजरकोट तर्फ गईरहेको भे१ख ४०३३ नम्बरको यात्रुबहाक सानो मिनि बस र ना५ख ८५६६ नम्बरको ट्रक कोठारपुर नजिक ठोक्किएर दुर्घटना भएको छ ।

नेपालगञ्जको रांझा नजिकै कोठारपुरमा बिहिबार एका बिहानै भएको उक्त घटनामा घटनास्थलमा केही ब्यक्तीहरु सडकमै गम्भीर घाईते अवस्थामा लडिरहेकोमा स्थानिय बासिन्दाहरुले उद्दारगरि नेपालगञ्ज स्थित अस्पताल तर्फ लगेको र उक्त घटनामा कम्तीमा आधा दर्जन ब्यक्तिहरु गम्भिर घाईते रहेको  र १ जनाको घटनास्थलमा नै मृत्यू  मृत्यूभएको स्थानिय उद्धारकर्ताहरुले आशंका गरेको घटनास्थलबाट नवराज जैसीले जानकारी दिनुभएको छ ।