वडा प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत ६ जना प्रहरी र ७ जना कैदीमा कोरोना संक्रमण

२० साउन, नेपालगञ्ज/  वडा प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत एक जना प्रहरी हवल्दार सहित ६ जनामा कोरोना संक्रमण भएको पाईएको छ ।

यस अघि १ जना कैदी र १ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछी साउन १८ गते नेपालगञ्जको कारागारमा सेन्टर पारि कोरोना संक्रमण परिक्षणका लागि २१ जनाको नमुना स्वाब संकलन गरि भेरी अस्पतालमा आरटिपिसिआर बिधिबाट परिक्षण गरिएकोमा मंगलबार १४ जनाको रिपोट पोजेटिभ आएको छ ।

पोजेटिभ आएका १४ जना मध्य १ जना लमही दांगको रहेको र ६ जना वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी र ७ जना नेपालगञ्ज कारागार कार्यालयमा रहेका कैदी बन्दीहरु रहेका छन ।

नेपालगञ्ज कारागारमा क्षमता भन्दा झण्डै तेब्बर अर्थात ८ सय ५ कैदीबन्दी र थुनुवाहरु राखिएका छन् ।  पुरुष बन्दि गृहको क्षमता २ सय ५० को हो जहाँ अहिले ७ सय ५५ जना पुरुष कैदी बन्दिहरु रहेका छन् ।

नेपालगञ्ज कारगारमा नमुना परिक्षणमा कोरोना संक्रमण देखिएपछी बन्दीहरुको पनि कन्टयाक्ट ट्रेसिंगको आधारमा भोली बुधबारबाट स्वाब संकलन गरि कोरोना परिक्षण गर्ने तयारी गरिरहेको छ ।

त्यसै गरि वडा प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत प्रहरी मध्य यस अघि फेला परेका कोरोना संक्रमण  प्रहरीको कन्टयाक्ट ट्रेसिंगमा आएका वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी र कैदीको १८ गते कारागार परिसरमा नमुना स्वाब संकलन गरि परिक्षण गरिएको थियो ।

उक्त परिक्षण पछी वडाका ६ जना प्रहरी र ७ जना कैदीमा मंगलबार पोजेटिभ पाइएको हो । पोजेटिभ पाइएका प्रहरीहरुलाई खजुरा स्थित आइसोलेसनमा र अन्य बांकीलाई कार्यालय परिसरकै कोठामा आइसोलेसनमा राखी बुधबारबाट सम्वन्धीत सबै प्रहरीको पिसिआर परिक्षण गर्ने गरि ब्यवस्थापन भइरहेको बांके क्राइसिस ब्यवस्थापन समितिको सदस्य समेत रहेको बांके प्रहरीबाट खटिनुभएका प्रहरी निरिक्षक सुरज केसीले बताउनुभएको छ ।

यस अघि कोहलपुर स्थित इलाका प्रहरी कार्यालयमा संक्रमण पाइएपछी कार्यालयमा प्रहरीलाई आइसोलेसनमा बसाईएको छ। हाल नेपालगञ्जमा आन्तरिक रााजश्व कार्यालय, यातायात, जिल्ला अदालत केही बित्तिय संस्थाका कर्मचारीहरु नेपालगञ्ज उप- महानगरपालिकाको कार्यालयका जन प्रतिनिधि र कर्मचारी समेतमा कोरोना संक्रमण भएको पाइएको छ । ति कार्यालयहरुका कर्मचारीहरुलाई आइसोलेसनमा बस्न अनुरोध गरिसकिएको छ ।

नेपालगञ्ज कारागार आफैमा ८ सय भन्दा बढी बन्दी रहेको ठाउं र अन्य दैनिक मानिसहरु घुइचो भइरहने कार्यालयहरुमा कोरोना संक्रमणको आक्रमण हुदै गएपछी थप फैलिन नदिन बांके प्रशासनले आगामी साउन २४ गते सम्म निषेधाज्ञा बढाएर परिक्षणलाई तिब्रता दिइरहेको छ । भेरी अस्पतालको कोरोना परिक्षण ल्याबमा कार्यरत कर्मचारीहरुले रक्षाबन्धनको दिन पनि २४ सैं घण्टा खटेर काम गरिरहेको पाइएको छ ।