बांके प्रहरीको १७ बुंदे प्रतिबद्धता, बांकेमा के–के छन चुनौतीहरु ! विवरण सहित…..

 

८ असार, नेपालगञ्ज/  जिल्लामा सुरक्षा निकायका प्रमुखहरु परिवर्तन संगै समग्र समाजमा त्यसको प्रभाव पर्ने भएकाले प्रमुखहरु को र कस्तो ब्यक्तीले जिम्मेवारी सम्हालेको छ भन्ने त्यस जिल्लाका बौद्धिक बर्गहरुको चासो राख्ने गरेको पाइन्छ ।

जेष्ठको अन्तीम सातामा बांकेको प्रमुख जिल्ला अधिकारीमा राम बहादुर कुरुम्वांगले जिम्मेवारी सम्मालेको केही दिन पछी जिल्ला प्रहरी कार्यालय बांकेमा पनि प्रहरी प्रमुख परिवर्तन भएर ओम बहादुर राना मगर आउनु भएको छ ।

हाल बांके आउनु भएका दुबै जना प्रजिअ कुरुम्वांग र प्रहरी उपरिक्षक राना बिगतमा समाज परिवर्तनका लागि सक्रिय अभियन्ताका रुपमा आफूलाई स्थापित गरेर राज्यका निकायमा प्रबेश गरेकोमा दुबै जना आ–आफनो क्षेत्रमा दखल राख्ने ब्यक्तीको रुपमा आफुलाई स्थापित गराईसक्नु भएको पाइन्छ ।

बांकेका प्रजिअ राम बहादुर कुरुम्वांग नेपालका करीब आधा दर्जन जिल्लामा प्रजिअको जिम्मेवारी निभाइसक्नु भएको र त्यस क्रममा कार्यरत रहदाका प्रया: सबै जिल्लाका बासिन्दाले कामको मुल्यांकन गर्दै उच्च सम्मान साथ आफनो जिल्लामा पुन आउन आग्रह गर्ने गरेको पाइन्छ भने कुरुम्वांग कर्मचारी भित्र पनि एक असल र सफल राष्ट्र सेवकको रुपमा आफुलाई स्थापित गरि राष्ट्रिय आइडलको उपाधी समेत उचाली सक्नुभएको ब्यक्ती हुनुहुन्छ ।

त्यसै गरि हाल बांके आउनु भएका प्रहरी प्रमुख बिक्रम सम्वत २०५३ सालमा प्रहरी निरिक्षकको सेवामा प्रबेश गर्नु अघि कास्कीको पोखरा, राम बजार क्षेत्रमा सामाजिक अभियन्ताको रुपमा सक्रिय हुदै बिक्रम सम्वत २०५१ सालमा पोखरामा भएको नेपाल मगर बिद्यार्थी संघको पहिलो राष्ट्रिय महाधिबेसनमा महासचिव जस्तो गरिमामय पदमा प्रतिस्पर्धा गरेर समाज परिवर्तनको क्षेत्रमा सक्रिय रहनु भएकोमा नेपाल प्रहरीमा प्रबेश गरे पछी पनि प्रहरी संगठन भित्र अपराध अनुसन्धानका क्षेत्रमा बिशेष दखल राख्ने ब्यक्तीको रुपमा आफुलाई स्थापित गराईसक्नु भएको छ ।

यतिखेर राष्ट्र कोरोना भाइरसको महामारीसंग जुधिरहेको छ । बांके जिल्लामा अन्य ७६ जिल्लाले भोग्ने समस्या संग जुधिरहेको छ । बांकेमा आउने सुरक्षा प्रमुखहरुले बिगतमा कोही दाम कमाउने त कोही नाम कमाउने रुपमा आफनो कार्यशैली अपनाएर गएका छन ।

नाम कमाउनेहरुको ब्यक्तीगतरुपमा उन्नती प्रगती भएको पाइन्छ भने दाम कमाउनेहरुलाई बांके बसेकै आधारमा धारासायी भएको निवर्तमान इतिहास पनि रहेको छ ।

बांकेमा रहेका प्रमुख केही चुनौतीहरु……

समाजिक सदभाव, शान्ती सुरक्षा, लागु औषध नियन्त्रण, सिमानामा अबाञ्छीत क्रियाकलापको रोकथाम, महिला तथा बालबालीका तस्करी, मनी लन्डरी, राजनितिक दाउपेचको सन्तुलन, मातहत कर्मचारीहरुको मनोबल उच्च राखेर जिम्मेवारी बोध गराउने, ट्राफिक ब्यवस्थापन, नियम बिपरितका प्राकृतिक दोहन रोकथाम, सुन देखी नुन बजारको अनुगमन, शिक्षा तथा सेवाका नामममा अप्रत्यक्ष ठगी धन्दाको अनुगमन, लामो समयको लकडाउनका कारण आर्थिक समस्याका कारण सिमा पार वा यता बाटै हुनसक्ने चोरी डकैती, आन्तरिक तथा बाहय रुपमा पशु चौपायको तस्करी, सुन देखी यार्चागुम्बा सम्मको अबैध कारोबार तथा तस्करी, भारु र नेपाली रुपैयाको अबैध सटही तथा तस्करी मुख्य समस्याका रुपमा रहेका छन ।

त्यसका साथै नेपाल भारत सिमानामा अन्तराष्ट्रिय हेलन्सिक महासन्धी बिपरित भारतले निर्माण गरेको तटबन्धका कारण बर्षा याममा नेपाल डुबानमा पर्ने गरेकोमा बांके जिल्लाको राप्ती नदीको तल्लो तटिय क्षेत्रमा बर्सेनी डुबान समस्या, सामाजिक संघ/संस्था भित्र वा बाहिर हुने गरेका अप्राकृतिक/प्राकृति समाजिक अपराध, बाउन्स चेक, सहकारीका नाममा ठगी धन्दा, सुरक्षा चुनौतीलाई प्रबिधि मैत्री बनाउन जडान गरिएको सिसि क्यामेरा अध्यावधी गरि चुस्त दुरुस्त राख्ने लगायतका बांके जिल्लाका मुख्य समस्याका रुपमा रहेका छन ।

यी माथीका बिषयमा बांकेका सुरक्षा प्रमुखहरुको कार्यशैली र उपलब्धीको आधारमा बांके बासीले मुल्यांकन गर्ने नै छन भने यस अघि सरुवा भएर जानुभएका प्रजिअ कुमार बहादुर खडका त्यही कार्यशैलीकै आधारमा छोटो समयमा नै मन्त्रालयमा तानीनु भएको थियो । समय अवधी सकिय पनि बांके प्रहरी र सिडियो दुबै जनाको एउटै समयमा एउटै किसिमले सरुवा भएको छ ।

सरुवा भएर आउनु भएका प्रजिअ कुरुम्वांगले आएको केही दिनमा नै कोरोना संग लडिरहेका स्वाथ्यकर्मि देखी स्थानिय निकायको मनोबल उच्च बनाउदै सगसगै आफै फिल्डमा उत्रिएर काम गरिरहनुभएको छ भने शुक्रबार हाजीर भएर सोमबार जिल्ला प्रहरी कार्यालय बांकेमा पत्रकार सम्मेलन मार्फत १७ बुंदे बांके बासीको नाममा प्रतिबद्धता जाहेर गरेर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ ।

पत्रकार सम्मेलन मार्फत बांके प्रहरीले सार्वजनिक गरेको प्रतिबद्धता……