कोहलपुर प्रहरीमा, २ युवतीको आत्महत्या घटना: आत्महत्या दुरुत्साहनको आरोपमा १ युवक पक्राउ

८ असार, नेपालगञ्ज/ इलाका प्रहरी कार्यालय कोहलपुरले सोमबार एउटा आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान प्रक्रिया अगाढी बढाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख नायब उपरिक्षक कुलदीप चन्दका अनुसार आईतबार राती बांकेको राप्ती सोनारी गाउंपालिका वडा नम्बर ५ बिनौना निवासी १९ बर्षिय एक युवती माथी आत्महत्या गर्न बाध्य पार्ने सोही ठाउं निवासी हरिहर थारु माथी आत्महत्या दुरुत्साहन अभियोजनका लागि थुनामा राखेर कार्बाही प्रक्रिया अगाढी बढाएको जानकारी दिनुभएको छ ।

आईतबार बिनौना निवासी १९ बर्षिय अनिता चौधरी ( नाम परिवर्तन) ले केही समय देखी हरिहर थारुसंग प्रेममा रहेको अवस्थामा नै आफुलाई एक्कासी बेवास्ता गरि अर्को केटीसंग लागेको जनाउदै अनिताले आइतबार राती झुण्डिएर आत्महत्या गरेको र उक्त कार्यको प्रहरीको प्ररारम्भीक अनुसन्धानबाट आत्महत्या दुरुत्साहन खुल्न आएकाले प्रहरीले अभियुक्त हरिहर थारुलाई  प्रक्रियागतरुपमा पक्राउ गरि थुनामा राखी कार्बाही प्रक्रिया अगाढी बढाएको जानकारी दिएको छ ।

आत्महत्या दुरुत्साहन मुद्धामा फौजदारी अभियोजन अन्तरगत प्रमाण ठहरेमा अभियुक्तलाई हत्या गर्ने वा गरे सरहको ठहर गरि कडा कार्बाहीको भागेदारी कानुनमा ब्यवस्था रहेको छ ।

त्यसैगरि सोमबार अपरान्ह नै कोहलपुर नगरपालिका वडानम्बर १४ निवासी कबिता हमाल आफुबस्ने कोठाको पंखामा चुनरी सलले घांटीमा पासो लगाएर आत्महत्याको प्रयास गरिरहेको अवस्थामा निजका सासु र श्रीमानले देखेर उपचारका लागि नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगेकोमा हमालको भेरी अस्पतालमा ज्यान गएको कोहलपुर प्रहरीले जनाएको छ ।

उक्त घटनाको सम्वन्धमा प्रहरीले सुक्ष्म अनुसन्धान गरि घरेलु र समाजिक अपराधका बिषयमा गम्भीर रुपमा छानबीन गरि दोषिहरु जो कोही भए पनि कानुनको कठघरामा अभ्याएर छोडने कोहलपुर प्रहरीले जनाएको छ । कोहलपुर क्षेत्रमा कम उमेरका युवायुवतीले आत्महत्या गर्ने गरेको प्रहरी रिपोर्टले जनाएको छ । यस आर्थिक बर्षमा मात्र ३५ जना युवा/युवतीहरुले आत्म हत्या गरिसकेका छन । जसमा नाबालकको संख्या पनि उल्लेखनिय रुपमा रहेको छ ।