बांकेको अगैयामा कार दुर्घटनाः चितवन र नवलपरासीका २ जनाको मुत्यू

दुर्घटनामा कार पूर्ण रुपमा क्षतीग्रस्त भएको छ ।फोटोः नेपाल प्रहरी

९ असार, नेपालगञ्ज/  पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाँउपालिका वडानम्ब १ अगैया नजिकै मंगलबार दिउँसो बा १४ च २७८९ नम्बरको कार दुर्घटनामा २ जनाको मुत्यू भएको छ ।

पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको २ जना सवार उक्त कार उच्च गतिका कारण अनियन्त्रित भई सडकको किनारमा रहेको रुखमा ठोक्कीएर दुर्घटना भएको हुन सक्ने घटनास्थलको अवलोकन पछी प्रहरीले अशंका गरेको छ ।

दुर्घटनामा गम्भीर घाईते दुबै जनाको उद्धार गरी मेडिकल कलेज कोहलपुरमा पु–याईएको थियो । अस्पतालमा कार चालक भरतपुर महानगरपालिका- १२ चितवनका ४१ वर्षिय कमलराज लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुभाष खड्काले जानकारी दिनुभएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका पुर्वि नवलपरासी जिल्ला कावासोती नगरपालिका वडानम्बर ८ का क्षितिज राज कुँवरलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा लगिएको थियो । भेरी अस्पतलमा उपचारका क्रममा कुँवरको समेत निधन भएको बांके प्रहरीले जनाएको छ ।