कोरोना संक्रमण समूदायमा फैलिएको पाइएपछी बांके सिएमसिबाट आईतबार देखि कम्तीमा ३ दिन निषेध आज्ञा जारि

१५ साउन, नेपालगञ्ज/ जिल्ला प्रशासन कार्यालय बांकेले बिहिबार एक सूचना जारि आगामी आईतबार देखि लागुहुने गरि कम्तीमा ३ दिन निषेध आज्ञा जारि गर्ने जनाएको छ ।

नेपालगञ्जमा कोरोना संक्रमण परिक्षणको दायरा फराकिलो पार्ने क्रममा केही दिन अघि नेपालगञ्जको त्रिभुवनचौकमा कामका लागि भेला हुने गरेका सर्वसाधरण ब्यक्ती, गणेशमान चौकमा रहेको आन्तरिक राजश्व कार्यालय र यातायत ब्यवस्था कार्यालयका राष्टसेवक कर्मचारीहरुको कोरोना भाइरस परिक्षणका लागि नमुना स्वाब संकलन गरिएको थियो ।

उक्त स्वाबको भेरी अस्पतालको कोरोना परिक्षण ल्याबमा आटिपिसिआर प्रबिधिबाट परिक्षण गरिएकोमा बिहिबार बिहानै आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा काम गर्ने ११ जना र त्रिभुवन चौकका १६ जना गरि २७ जनाका एकैपटक कोरोना पोजेटिभ भएको पाइएको छ । यस अघि नेपालगञ्जको कारकादो स्थित यातायत ब्यवस्था कार्यालयका १ जना कर्मचारी, त्रिभुवनचौकमा कामका लागि आएकी बर्दियाका १ जना महिलामा संक्रमण पाइएपछी परिक्षणको दायरा बढायएको हो ।

परिक्षणको दायरा बढाएसगै कोरोना संक्रमणको संख्या हवात्तै बढेपछी जिल्ला प्रशासन कार्यालय बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगको अध्यक्षतामा रहेको बिपत ब्यवस्थापन समितिको बैठक बसी अवस्थाको समिक्षा गदै आईतबारबाट निषेध आज्ञा जारि गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले लकडाउन खुला गरेको अवस्थामा केन्दको बिपत ब्यवस्था कार्यबिधिले दिएको केही अधिकारहरु प्रयोग गर्दै स्थानिय शान्ती सुरक्षा ब्यवस्था ऐन २०२८ अन्तरगत ३ दिन बांके जिल्लाभरी पूर्णरुपमा निषेध आज्ञा जारि गर्ने निर्णय भएको बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले जानकारी दिनुभएको छ ।

केही दिन पहिल्य सम्म नेपाल भन्दा बाहिर गएर आएका ब्यक्तीहरु मध्य कोरोना संक्रमण देखिएकोमा उक्त ब्यक्तीहरुलाई क्वारेन्टाइनमा राखी चेकजांच गरि कोरोना संक्रमणको समूदायमा फैलिन रोक्दै आएकोमा हाल पछील्लो पटक राजधानी काठमाण्डौ, बिराटनगर नेपालगञ्जमा समूदाउमा कोरोना संक्रमण फैलिएको तथ्यांकले देखाएको छ ।