पछिल्लो २४ घण्टामा थप १०८१ जना सगैं नेपालमा ४९ हजार २१९ जनामा कोरोना संक्रमण, ३१२ जनाको मुत्यू

२४ भदौ, नेपालगञ्ज/  पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा पछील्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको नमुना परीक्षण गरिएकोमा १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको हो । यो पछील्लो सख्या सगै नेपालमा संक्रमित हुनेहरुको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ । जसमा हाल सम्म ३ सय १२ जना कोरोना समेत संक्रमितहरुको मृत्यु भएको छ ।
नेपालमा संक्रमित ४९ हजार २ सय १९ जना मध्य ३३ हजार ८ सय ८२ जना कोरोना संक्रमणबाट मुक्त भईसकेको जसमा पछिल्लो २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

काठमाडौं उपत्यकाका पनि कोरोना संक्रमणको सख्या थपिदै गएको छ । पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।काठमाडौं जिल्लमा ३९४, ललितपुर ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा १ हजार ११ र भक्तपुरमा ८ सय १८ पुगेको छ ।