नेपालगञ्जमा एकै दिन थपिए ४९ जना कोरोना संक्रमित, निषेधाज्ञा बढाएर नेपालगञ्ज सिल गर्ने निर्णय (अपडेट)

२३ साउन, नेपालगञ्ज/  नेपालगञ्जको भेरी अस्पतालमा रहेको कोरोना भाइरस परिक्षण ल्याबमा पछील्लो २४ घण्टमा आरटिपिसिआर बिधिद्धारा गरिएको ल्याब परिक्षणमा नेपालगञ्ज क्षेत्रबाट ठुलोसख्यामा कोरोना पोजेटिभ भएको पाइएको छ ।

भेरी अस्पतालको ल्याब रिपोट अनुसार पछील्लो २४ घण्टामा ३१२ जनाको परिक्षण गरिएकोमा ५१ जना ब्यक्तीको कोरोना पोजेटिभ भएको पाइएको छ । बांकेको  नेपालगञ्ज क्षेत्रका मात्र ४९ जना कोरोना संक्रमित रहेका छन भने बर्दिया र रुकुमबाट आएको नमुनाहरुमा १/१ जना कोरोना संक्रमण भएको पाइएको छ ।

भेरी अस्पतालमा हाल सम्म १३ हजार ६ सय ८ जनाको आरटिपिसिआर बिधिद्धारा कोरोना परिक्षण गरिएकोमा बांकेमा ५ सय ४७ जना पोजेटिभ भएको भएकोमा ३ सय ९४ जना निको भइसक्नुभएको छ ।

त्यसैगरि शुक्रबार बसेको बांकेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले बांकेमा आगामी मंगलबार सम्म निषेधाज्ञा बढाउने निर्णय गरेको बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले जानकारी दिनुभएको छ । कुरुम्वांगले  यहि साउन २४ गते रातीबाट २७ गते राती सम्म नेपालगञ्जको पुष्पलाला चौक देखी दक्षिण, गणेशमान चौक उत्तरपूर्व , फुलटेक्राको नहरपुरुवा र बांके गाउं सम्म पूर्ण सिल निर्णय भएको बताउनु भयो ।

नेपालमा पछील्लो २४ घण्टामा ४६४ जना संक्रमितहरुको संख्या थपिएको स्वास्थ्य तथा जनसंख्या कार्यालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । डा.  गौतमका अनुसार हाल सम्म नेपालमा कोरोना संक्रमणबाट ७० जनाको मुत्यू भइसकेको छ ।