सिन्धुपाल्चोकको जुगलमा भिषण पहिरोले ठुलो जनधन क्षतीकोआशंका, कालिकोटको महावैमा ६ जनाको मुत्यू,

सिन्धुपाल्चोकको जुगल–२ गोल्चे लिदीमा अबिरल वर्षापछि आएकको पहिरो । फोटो :समाजिक सञ्जाल फेसबुकबाट ।

३० साउन, नेपालगञ्ज/  कालिकोटको महावै गाउँपालिका वडानम्बर ३ नकु गाउंमा गएराती गएको पहिरोले घर पुर्दा ६ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार बिहीबार राति साढे १२ बजे महावै गाउँपालिका वडानम्बर ३ नकुका वडा सदस्य रज बहादुर विष्टको घर पहिरोले पुरेको हो।
पहिरोका कारण वडा सदस्य रज बहादुर विष्टका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ।
सोही घरमा सुतिरहेका रज बहादुरका दाजु डिल बहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको पनि मृत्यु भएको छ। यस्तै कालिकोटकै नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुर्दा २ जना घाइते भएका छन्।

कालिकोटको महावै गाउँपालिका वडानम्बर ३ नकु गाउंमा गएराती गएको पहिरो

घटनास्थलमा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकीय सचिव खेमबहादुर सिंहले आफु पनि घटनास्थमा पुगेको र उद्धार कार्यमा सहभएको मिडियालाई जानकारी गराउनु भएको छ ।

उता सिन्धुपाल्चोकमा पहिरोले दर्जन घर पुरेको र मानवीय क्षतिको आशंका स्थानिय बासिन्दाले जानकारी गराएका छन । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडानम्बर २ गोल्चे लिदीमा अबिरल वर्षापछि आएकको पहिरोले कम्तिमा एक दर्जन घर पुरेको र पहिरोमा धेरै मानवीय क्षति समेत भएको हुन सक्ने प्ररारम्भीक सुचना प्राप्त भएको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान करीब ६ बजे तिर बस्ती माथिबाट पहिरो खसेर कम्तिमा १ दर्जन घर पुरेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभएको छ।

घटनामा कम्तीमा ३५ बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । लिदीको लामाचौरमा बस्ती भन्दा करीब ४ सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको स्थानीयको भनाई छ ।

घटनापछि उद्दारका लागि इलाका प्रहरी कार्यालय जलवीर र प्रहरी चौकी कात्तिकेबाट टोली घटनास्थलतर्फ अघि बढेको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिनुभएको छ।