श्रीमती र छोरालाई आगो लगाएर भागेका भानुभक्तलाई भारतिय प्रहरीको सहयोगमा पक्राउ

घटनाका अभियुक्त विक

नेपालगञ्ज १६ माघ/ बाँकेको कोहलपुर-२ शक्तिनगरका भानुभक्त विकले आफनै ३० बर्षिय श्रीमती गंगा बिक र २ बर्षिय छोरा प्रिन्स बिकलाई पेट्रोल छर्किएर आगो लगाई भागेकोमा आईतबार राती नै भारतिय प्रहरीको सहयोगमा नेपाल प्रहरीले नानपाराबाट पक्राउ गरेको छ ।

घरायसी हिंसात्मक झगडाका कारण श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाई फरार भएका भानुभक्त विक लुकीछिपी आईतबार साँझ रुपैडियाबाट दिल्ली जान बसमा बसेर गईरहेको अवस्थामा भारतको नानपारा क्षेत्रबाट भारतय  प्रहरीको सहयोगमा विक पक्राउ परेका हुन।

नेपालबाट भागेर भारत रुपैरिडा हुदै दिल्लीको लागी हिडेको बसमा अभियुक्त भक्त बहादुर बिक चढेको लुम्विनी प्रदेश कार्यालयको प्रहरी टोलीले थाहा पाएपछी विकलाई पक्राउका लागी भारतिय क्षेत्रका जानकार एक स्थानिय ब्यक्तीको सहयोगमा नानपारा भारतिय प्रहरीलाई विकलाई पक्राउको लागी आग्रह गरिएको थियो ।

भारतिय प्रहरीले अपराध गरेर भागीरहेका विक चढेको बस रोकेर विकलाई नियन्त्रणमा लिएर लुम्बिनी प्रदेश ब्यूरोका प्रहरी टिमलाई बुझाएको स्रोतले जनाएको छ ।

पक्राउ परेका ब्यक्तिहरु आवश्यक अनुसन्धान र कार्वाहीका लागी सम्बन्धित इप्रका कोहलपुरलाई बुझाएको छ ।

पक्राउ परेका विकले आईतबार साँझ करिब ७ बजे आफ्नै श्रीमती र २ वर्षिय छोरालाई पेट्रोल छर्किएर आगो लगाई फरार भएका थिए । आगोले डढेर गम्भीर भएकी गंगाको उपचार भइरहेको छ भने २ वर्षिय छोरा प्रिन्स विकको उपचारका क्रममा आइतवार मध्यराती नै भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।