अजरवैजान पुर्‍याई ठगी गर्ने दांगका भिम सुनार पक्राउ

दाङ १४ वैशाख /  अजरवैजान पुर्‍याई ठगी गरेको अभियोगमा दाङ लमही नगरपालिका-५ बस्ने भीमजंग रसाइली भन्ने २५ वर्षीय भिम कुमार सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
सुनारले एक जना पीडितलाई वैदेशिक रोजगारीका लागि अजरबैजानको होटलमा मासिक ७ सय डलर तलब हुने कामको लागि पठाइ दिन्छु भनि ८ लाख ५० हजार रूपैयाँ लिई अजरबैजान पुर्‍याई ५ महिनासम्म अलपत्र पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको दांग प्रहरीले जनाएको छ ।