दांगमा कैदी फरार: कैदीले धोका दिएको आशंका

१३ पुस, दाङ/  कैदी फरार भएको विषयलाई लिएर घोराही कारागारका जेलर युवराज परियार र ३ जना प्रहरी सहित ७ जनालाई जिल्ला अदालत दाङले सोमबार पक्राउ अनुमति जारी गरेपछि जेलर परियार सहित ७ जनालाई बेलुकी पक्राउ गरिएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यमराज परियारलाई मिलोमतोमा फरार गराएको आशंकामा अनुसन्धान गर्नुपर्ने भएपछि जेलर परियार, प्रहरी सहायक निरीक्षक रुद्र बहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, २ महिला र एक होटल सञ्चालक विरुद्ध जिल्ला अदालतले सोमबार पक्राउ अनुमति जारी गरेको थियो ।

पक्राउ अनुमति जारी गरे लगत्तै अभियुक्तहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको घोराही कारागारको जेलरको जिम्मेवारी सम्हालेका अमर वलीले जानकारी दिनुभएके छ । कैदी परियार उपचारका बहानामा कारागारबाट निस्केर भागेपछि जेलर यमराज परियारलाई जिम्मेवारीबाट पदमुक्त गरेर आइतबार जिल्ला प्रशासन कार्यालय तानिएको थियो ।

त्यसपछि तुल्सीपुर कारागारका जेलर अमर वलीलाई घोराही खटाइएको थियो । त्यस्तै कारागारका सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो ।

कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाय काटिरहेका राजपुर गाउँपालिका ३ घर भएका २९ बर्षीय यमराज परियारलाई उपचारका लागि अस्पताल लैजाने भनी मिलेमतोमा भगाइएको प्रहरीको निष्कर्ष छ ।

गत बुधबार छालाको उपचारका लागि भन्दै कारागारका नाइके परियारलाई लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर प्रहरी जवान धनबहादुर चौधरी कारागारबाट निस्किएका थिए । तर उनीहरु अस्पताल नगई दुई जना महिलालाई लिएर घोराहीको एक होटलमा पुगेको पाइएको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले मिडिया सामू बताउनुभएको छ ।

कारागारबाट उपचार तथा बिभिन्न बहानामा सुरक्षाकर्मिहरुसगै कैलीको घर जाने घरपरिवारलाई भेटने १/२ दिन फ्रेस भएर पुन कैदी कारागार मै फर्किने घटना नेपालका बिभिन्न कारागारहरुमा सामान्य जस्तै बने पनि बेलाबखत एकआपसमा कुरा नमिलेर घटना बाहिरिनु र कैदी भनेको समयमा नफर्निनाले बेलाबखतमा कारागार अप्ठयारोमा पर्ने गरेको पाइएको छ ।