कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णाली नदीमा: ३० जना वेपत्ता

 २८ जेष्ठ कालीकोट/  कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको टिप्पर बुधवार बिहान कर्णालीमा खसेको हो ।

दुर्घटनामा करिब ३० जना वेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयले केहीको जिवितै उद्धार गरेका छन् ।कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको स्थानीय दिलबहादुर शाहीले जानकारी दिए ।उनका अनुसार टिप्परले जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई लैजाँदै थियो ।

दुर्घटनापछि प्रहरीको टोली घटनास्थलर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले कर्णालीमा बग्दै गरेका केहीलाई जिवितै उद्धार गरेका छन् । रास्कोट जानका लागि साना गाडी मात्र उपलब्ध भएको र भारतबाट आएकाहरुको संख्या धैरै भएपछि टिप्परमा राखेर लगिदैं थियो । क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको प्रहरीको अनुमान छ । यद्यपी घटनाको थप विवरण आउन बाँकी छ । Copy from Annapurna post online bat