नेपालगञ्ज स्थित उच्च अदालत तुलसीपुरको इजलास अनिश्चिकालका लागि बन्द

११ भदौ, नेपालगञ्ज / नेपालगञ्जमा केही दिन अघि भेरी अस्पतालको कोरोना परिक्षण ल्याबको रिपोर्ट अनुसार कोरोना पोजेटिभ आएका ब्यक्तीको जनसम्पर्कको आधारमा खोज्दै जांदा गरिएको नमुना परिक्षणमा बुधबार १ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछी नेपालगञ्ज स्थित उच्च अदालत बन्द गरिएको छ ।

बुधवारको रिपोर्ट अनुसार नेपालगञ्ज स्थित उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलास एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उच्च अदालत अनिश्चितकालका लागि बन्द गरिएको छ ।

उच्च अदालत बारका अध्यक्ष विकास आचार्यका अनुसार, इजलासमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछि बार र बेञ्चको समेत छलफलमा सम्भाबीत जोखिम कम गर्न आकस्मिक बैठक बसी केही दिनका लागि अदालतका सबै काम रोक्ने निर्णय गरिएको छ ।

१ जनाको पोजेटिभ आएपछी अदालतमा कार्यरत अन्यको आज बिहिबार सबैको स्वाब संकलन गरि परिक्षण गर्ने र परिक्षणको परिणाम नआउनन्जेल सम्म सबै कर्मचारी होम आइसोलेसनमा बस्ने गरि अदालतमा सबै काम काज बन्द गरिएको छ ।
अदालतका कर्मचारीहरुको रिपोर्टको आधारमा परिणाम आएपछी अदालताको नियमित काम कार्र्बाहीबारेमा निर्णय गरिने गरि हाललाई उच्च अदालत बन्द गरिएको हो ।
हिजो बुधबारमात्रै बाँकेमा कोहलपुरको कौशिल्या नगरमा रहेको सेनाको पूर्व प्रितनामा कार्यरत ५१ जना नेपाली सेना र अन्य २४ जना गरि ७७ जनामा कोरोना संक्रमण पुष्टि थियो । ।