हाईमास्क सडक बत्तीलाई लिएर नेपालगञ्ज उप-महानगर र बिधुत केन्द्रको जुहारी जारी

२ असोज, नेपालगञ्ज/  नेपालगञ्ज स्थित बिधुत प्राधिकरण र उप-महानगरपालिका बीच केही लामो समय देखी सडक बत्तीलाई लिएर जुहारी चलिरहेको छ । त्यो जुहारी चलेको बिषय कहां कुन बिन्दुमा पुगेर टुंगिने हो त्यसको अहिल्य भन्न सक्ने स्थित छैन ।

अध्यारोमा नेपालगञ्जका सडक तथा चौकहरुमा करीब ३९ ठाउंमा हाई मास्क सडक बत्ती जडान गर्न ठेक्का पटटा समेत गरि केही निर्माण सम्पन्न भएको र केही भइरहेको, केही लथालिंगको समयमा बत्ती बाल्ने समय भएपछी जुहारी सुरु भएको छ ।

नेपालगञ्जका केही चौकहरुमा हाइमास्क सडक बत्ती जडानका बिषयमा नगरपालिकाका तर्फबाट बिधुतमा कुनै जानकारी नदिएर पोलहरु गाडेर तार तान्दिनु प-यो भनेपछी बिधुतले ग्राहकको प्रक्रियाबाट आएमा मिटर जडान गरि तार तान्दिने भनेपछी दुबै बीच जुहारीको बिषय बिस्तारै तान्नीदै गएको छ ।

बिधुत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रमा प्रमुख लखन लला मल्लीकका अनुसार बिधुतलाई कुनै जानकारी नदिएर पोल खडा गरेको ठाउंमा बिधुतको अनुकुल प्रतिकुल केही जानकारी नलिएर हाईमास्क लाइटको लागि पोल खडा गरेर बाहिरबाट प्राबिधिक ल्याएर सबै ठिक्क पारेपछी नेपालगञ्ज बितरण केन्द्रमा बत्ती जोडी दे भनेर फोन गर्ने र गराउने काम भइरहेको बताउनु भएको छ ।

त्यही पनि बिधुतले सकेसम्म ब्यवस्थापन गरेको तर एउटा पोलको लागि आवश्यक पर्ने महगो पर्ने मिटर बक्स देखी सबै हाइमास्क सडक बत्ती पोलहरुमा मिटर जडान गर्न अनाकानी गरेको कारण हाल बत्तीको बिषयमा नगरपालिकासंग थप विवादमा अल्झीएको छ ।

पुरानो बक्यौता पनि करीब ५ करोडौंमा छ, अहिल्य जडान गरिएको हाइमास्क लाईटको बिना मिटर जडान गरिदे भनेकाले बिधुतको यो नेपालगञ्ज केन्द्रको हैसियत नभएकोले बताएपछी विवाद बढदै गएको बितरण केन्द्रका प्रमुख लखन लला मल्लीकले बताउनु भयो ।

उता नेपालगञ्ज उप-महानगरपालिकाले पनि आफनो स्थानिय सरकारको क्षेत्रअधिकारमा आफनो निर्णय लागु हुने जानकारी गराउदै जनताको लागि हाईमास्क सडक बत्तीमा निशुल्क बिधुत जडान गर्नुपर्ने बिधुत समक्ष बताउदै आएको छन ।

नेपालगञ्ज उप-महानगरपालिका का मेयर डाक्टर धवल शम्शेर राणाले सडक बत्तीको बिषयमा आवाज उठेको छ  ।  यो स्थानिय सरकारले भन्दा पनि केन्द्र सरकारले बिधुत प्राबिधकरण संग समन्वय गरेर सडक बत्तीको उतै  केन्द्रमा नै पैसा तिर्ने ब्यवस्था गर्नुपर्ने बताउनु भयो । राणाले हाल मिटर जडानका लागि आफुहरु सहमत भएपनि सडक बत्तीको शुल्कका बिषयमा देश ब्यापीरुपमा सबै स्थानिय निकायले आवाज उठाएको र केन्द्र सरकारले यसको समयमै समाधान खोज्नुपर्ने कुरा औल्यानु भएको छ । ।

नेपालगञ्ज उप-महानगरपालिकाले बिधुतले नगर क्षेत्रका सडकमा बत्ती बालेको नछोडने भएपछी नगरपालिकाले पनि स्थानिय स्वायत्त आफनो सरकारको निर्णय गर्ने भन्दै बिधुतको प्रति पोल र तारको पैसा तोकेर कर असुली गर्ने बिधुतलाई मौखिक जानकारी गराइसकेको बिधुत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रले स्वीकारेको  छ ।

बिधुत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका प्रमुख लखन लला  मल्लीकले आफुहरु सकारात्म भएर लागिरहेको र लिखित निर्णयनेपालगञ्ज उप-महानगरपालिकाले दिएमा माथी पठाइदिने जानकारी दिएको बताउनु भएको छ ।  तर बिधुत नियमावली २०७७ नयां संसोधनमा कहिकतै स्थानिय निकायलाई बिधुत छुटदिने ब्यवस्था गरेको छैन ।

नेपालगञ्ज उप-महानगरपालिकाले बिधि सम्मत तरिकाले प्रति पोल र तार तानेको पैसा तोकेर पठाए आफुले माथील्लो निकायमा पठाएर सहयोग गर्ने बताउदै नेपालगञ्ज उप-महानगरपालिका नगर प्रमुखसंगको छलफलको क्रममा जानकारी गराएको  मल्लीकले बताउनु भयो ।

नेपालगञ्जका मुख्य सडक तथा चौकहरुमा जडान गरिएका हाईमास्क परियोजनामा बिधुतलाई कुनै पनि पक्षबाट एक पटक पनि नसोधिएकाले बिधुत त्यो परियोजनामा कुनै पनि हिसाबले जिम्मेवार नरहेको नेपालगञ्ज बिधुत बितरण केन्द्रले जनाएको छ । हाल केही बलिरहेकामा मिटर जडान गरि बत्ती बलेको र अन्य मिटर जडान गरेमा बत्ती सप्लाई गर्ने बिधुतको नेपालगञ्ज बितरण केन्द्रले जनाएको छ ।

उता नगरपालिकाले नगर क्षेत्र भित्र जनताको लागि सडक बत्ती बालीने भएकाले बिधुतले सडक बत्ती निशुक्ल दिनु पर्नेमा नदिएकाले बिधुतको पोलको अवस्था हेरेर प्रति पोल र तारको पैसा तोकेर बिधुतबाटै कर असुली गरी जनताको लागि सडकमा बत्ती बालेको पैसा तिर्ने बताएको छ ।

नेपालगञ्ज नगर प्रमुख धवलले बिधुतले भने बमोजिम मिटर जडान गरेर सडक बत्ती बाल्ने र पैसा पनि तिर्ने, बिधुतले पनि नगरपालिकाको क्षेत्रमा बिधुतका पोल र तारको कर बापतको पैसा तिरेमा कुरा मिल्ने बताउनु भयो ।

मेयर राणाले नेपालगञ्ज बिधुत केन्द्रले नगरपालिका बाट ५ करोडको हाराहारी बांकी बक्यौता देखाउछ भने नगरपालिकाको पनि झण्डै ८ करोड बिधुतसंग लिनुपर्ने बक्यौता रहेको दाबी गर्नु भयो ।

केही बर्ष अघि सडक बत्तीहरुको मिटर जडान गरि नगरपालिकाले बिधुत महसुल तिर्नुपर्ने सहमतीमा नेपालगञ्जका सडकहरुमा बत्ती बलिरहेका छन ।
त्यस सहमती पछी नेपालगञ्ज उपमहानगरपालिकाले केही बर्ष बत्तीको मिटर रिडिंग अनुसार पैसा तिरेपनि केही बर्ष यताको करीब ५ करोड रुपैया रुपैया नगरपालिकाले बुझाउनु पर्ने बक्यौता बिधुतले पछील्लो पटक देखाउदै आएको छ ।