बाँकेमा कोरोना कहर: २३ जनाको मृत्यु, २१ गम्भीर, ४२ मध्यम र ५१जना सामान्य


१४ असोज, नेपालगञ्ज / बाँके जिल्लामा कोरोना संक्रमणबाट गम्भीर बिरामी भई अस्पताल भर्ना भएका  बाँके जिल्लाका १६ जना र अन्य जिल्लाका ७ जना गरी २३ जनाको मृत्यु भएको छ भने २१ जनाको अवस्था गम्भीर रहेको छ ।

बाँके जिल्लामा कोरोना संक्रमण भई नेपालगञ्ज स्थित भेरी अस्पतालमा बुधबार ६० जना कोरोना संक्रमित विरामीहरुको उपचार भइरहेको बुधबार अपराह्न १ जनाको मृत्युपछि ५९ जनाको उपचार भइरहेको छ ।

भेरी अस्पतालमा उपचार गराइरहेका ५९ जना कोरोना संक्रमित विरामीहरु मध्य १८ जनाको अवस्था गम्भीर रहेको, ३७ जनाको अवस्था मध्यम र अन्य ५ जनाको अवस्था सामान्य रहेको भेरी अस्पतालले जिल्लाको कोरोना संकट व्यवस्थापन समितिलाई जानकारी दिएको फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको छ।

त्यसैगरी नेपालगञ्ज स्थित शिक्षण अस्पताल र कोहलपुर स्थित मेडिकल कलेजमा बुधबार साँझसम्म ५२ जना कोरोना संक्रमित विरामीहरुको उपचार भइरहेको छ ।
उपचार गराइरहेका मध्य ३ जना गम्भीर, ५ जना मध्यम र ४४ जना सामान्य अवस्थामा विरामीहरु रहेको बाँके जिल्लाको कोरोना संकट व्यवस्थापन समितिका फोकल पर्सन एवम स्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता नरेश जानकारी दिनुभएको छ ।