नेपालगञ्जको धम्बोजीबाट वीना सहित ५ जना पक्राउ

२९ माघ, नेपालगञ्ज/ नेपालगञ्जको धम्बोजीबाट लोपउन्मुख जंगली जनावर कस्तुरीको वीना र दांत सहित नेपाल प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बांकेका अनुसार बिशेष सूचनाको आधारमा नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर- १ धम्बोजी स्थित लौटन थारुको घरमा नेपालको हिमाली भेगमा पाईने दुर्लम जंगली जनावर कस्तुरीको बहुमुल्य बिना खरीद बिक्रीका लागि ल्याईएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बांकेबाट खटिएको प्रहरीले बुधबार सांझ ५ बजे छापा मारेर ५ जना लाई पक्राउ गरेको हो ।

प्रहरीले लौटन थारुको घरमा छापा मारी खानतलासी गर्दा अबैध जंगली जनावरको अंग खरिद-बिक्री भईरहेको  सूचनाको आधारमा छापा मारी खानतलासी गर्दा स्थानिय घरमालिक लौटन थारु, पार्वती थापा, कमल परियार, रामशरण थारु र धनराज थापालाई घटनास्थलमा फेला पारी पक्राउ गरी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा छानबीनको क्रममा पार्वती थापाले बोकेको रातो लेडिज ब्याग खान-तलासी गर्दा खैरो रंगको कस्तुरीको बिना र जंगली जनावर भालूको दांत जस्तो फेला पारिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख उपरिक्षक ओम राना मगरका अनुसार कस्तुरीको बिना र जंगली जनावरको दांत सहित पक्राउ परेका ब्यक्तीहरुलाई पक्राउ गरी परारम्भीक अनुसन्धान सहित आवश्यक कानुनी कार्बाहीका लागि सरोकारवाला निकाय जिल्ला बन कार्यालय बांकेमा पठाइएको जानकारी दिनुभएको छ ।

कस्तुरीको बिना र जंगली जनावरको दांत सहित पक्राउ परेका ब्यक्तीहरुको बिवरण:-

१) नाम:  लौटन थारु
उमेर : ५२ वर्ष
ठेगानाः जिल्ला बर्दिया ठाकुरबाबा न.पा.वडा नं.१० ।

२) नाम: पार्वति थापा
उमेर : २५ वर्ष
ठेगानाः जिल्ला बर्दिया बढैयाताल गा.पा. वाड नं. ५ ।

३) नाम: कमल परियार
उमेरः २६ वर्ष
ठेगानाः जिल्ला बर्दिया ठाकुरबाबा न.पा. वाड नं. ४ ।

४) नाम: रामशरण थारु
उमेर : ४५ वर्ष
ठेगाना : जिल्ला बर्दिया बढैयाताल गा.पा. वाड नं. ७ ।

५) नाम: धनराज थापा
उमेरः २७ वर्ष
ठेगानाः जिल्ला जाजरकोट नलगाढ न.पा. वाड नं. १० ।

नेपालमा बन्यजन्तु संरक्षण ऐन २०७५ संसोधन भएको को दफा २६ अनुसार गैरकानूनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वांसे चितुवा, हिउ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको वीना, हिउ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई ५ लाख रुपैया देखि १० लाख रुपैया सम्म जरिबाना वा ५ वर्ष देखि १५ वर्षसम्म कैद वा दुवै
सजाय हुनेछ ब्यवस्था रहेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन:- २०२९
(मिति २०७५ साल चैत मसान्तसम्म भएका संशोधन समेत मिलाइएको)
नेपालमा लोपउन्मुख सूचिकृत जनावर तथा पंक्षिहरु

स्तनधारी जन्तु (म्यामल्स):-
आसामी रातो वांदर – (मकाका आसाभेन्सीस)
सालक – (म्यानिस क्रसिक डाटा र म्यानिस पेन्टाडक्टाइला)
हिसपिड खरायो – (क्याप्रोलागस हिसपिडस)
सोंस – (प्लाटानिस्टा ग्यन्जेटिका)
ब्वासो – (क्यानिसलुपस)
हिमाली रातो भालु – (असर्स अक्र्टस)
हाब्रे (रेड पाण्डा) – (आइलुरस ˚ल्जेन्स)
लिसाङ – (प्राओनोडन पार्डिक्लर)
हुडार – (हाइना हाइना)
चरी बाघ (लेपर्ड क्याट) – (˚ेलिल बेंगालेन्सिस)
लिक्स – (लिस लिंक्स)
ध्वासे चितुवा – (निओ˚ेलिस नेबुलोसा)
बाघ – (पान्थेरा टाइग्रिस)
हिउ चितुवा – (पान्थेरा अन्सिय)
जली हात्ती – (इलेस माक्सिमस)
गैंडा – (राइनोसिरस युनिकर्निस)
सानो जातको बदेल – (सस सल्मानस)
कस्तुरी मृग – (मस्चस मस्चि˚ेरस)
बाह्रसिंगा – (सरभस डुमासेलि)
गोरवड्सन – (वस गोंरस)
योक नाक – (वस ग्रन्नियन्स

 दोस्रो संशोधनद्वारा संशोधित । 
अर्ना – (वुवालस वुवालिस)
नायन – (ओमिस आम्मन)
चिरु – (पान्थोलप्स हडसोनी)
कृष्णसार – (एन्टिलोप सर्निकार्पा)
चौका – (टेट्राकर्निक क्वाड्रिकर्निस)

पंक्षी (एभ्स) :
कालो स्टर्क – (सीकोनिया नाइग्रा)
सेतोस्टर्क – (सिकोनिया सिकोनिया)
सारस – (ग्रस ग्रस)
चीर – (क्याट्रिएस वालिचाई)
डाग ( लोंगरस इन्पिजानस)
मोनाल – (ट्रागोनपान साटाइरा)
खर मुजूर – (थपोडोटिस बें·लेन्सिस)
सानो खर मुजूर – (साइओटाइडस इन्डिका)
ठूलो धनेश – (बुसेरस वाइकंर्नस)
घस्रने जातका जन्तु (रेपटायल्स)
अजिगर – (पाईथन स्पिसिज)
घडियाल गोही – (ग्याभियालिस ग्यान्जेटिक्स)
सुन गोहोरी