प्रदेश नम्बर ५ को नाम लुम्बिनी र प्रशासनिक केन्द्र भालुबाङ दुई तिहाई बहुमतबाट पास


२० असोज, नेपालगञ्ज/ प्रशासनिक कामकाजका लागि प्रदेश ५ को स्थायी केन्द्र दाङको भालुवाङ क्षेत्रमा बनाउने प्रस्ताव मंगलवार प्रदेशसभाको दुईतिहाई बहुमतले पास गरेको छ ।
प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रदेश ५ को नाम लुम्बिनी र प्रशासनिक केन्द्र अर्घाखाँची, प्युठान दाङ र कपिलवस्तुको संगम स्थलको रुपमा रहेको भालुवाङ क्षेत्रमा राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रदेश ५ को ८७ जना सभासद रहेकोमा प्रशासनिक केन्द्र भालुवाङको प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ परेको छ ।

यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत खसेको छ ।

उक्त २ वटा प्रस्ताव पास सँगै लुम्बिनी प्रदेशको अधिवेशन आजैबाट अन्त्य भएको घोषणा गरिएको छ।