बाँकेको नरैनापुरका अग्नि पिडितलाई एमालेद्वारा राहत वितरण

२५ चैत्र, नेपालगञ्ज/ बाँकेको राप्तीपारी नरैनापुरका अग्नि पिडितहरुलाई नेकपा एमालेको तर्फबाट बिहिबार राहत वितरण गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी ओली विहिबार विहान नेपालगञ्ज आएको समयमा जिल्लाको बस्तुस्थित जानकारी गराउने क्रममा नरैनापुरमा आगलागी भएको घटना थाह पाएपछी अध्यक्ष ओलीले ततकाल पार्टीको तर्फबाट राहत वितरण गर्ने निर्देशन दिएपछी बाँके एमालेले विहिवार साँझ नै राहत वितरण गरेको हो ।

नेकपा एमाले बाँकेका इन्चार्ज एवय केन्द्रिय सदस्य सूर्य ढकालका अनुसार बाँकेको नरैनापुरको वडानम्वर ४ नयाँपुरुवाको उत्पिडीत समुदायका १६ घर जलेर नष्ट भएकोमा एमालेको तर्फबाट राहत वितरण गर्ने केन्द्रिय अध्यक्षको निदेशन बमोजिम विहिबार नै राहत वितरण गरिएको बताउनु भएको छ।

एमालेको तर्फबाट वितरण गरीएको राहतमा अग्नि पिडितको आगलागीको माध्यम बनेको फुसको छाना विस्थापन गरी राम्रो र सुरक्षित घर निर्माणको लागी प्रती घर परिवार १ लाख रुपैया नगद, जस्तापाता, खाद्य सामाग्रीको प्याकेज वितरण गरिएको छ।

 

सम्बन्धित शीर्षक