युएस बंगलादेश एयरलाइन्सको विमान काठमाण्डौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना,४९ जनाको मुत्यू,२२ जना घाईते

२८ फागुन, काठमाडौं/  बंगलादेशको ढाकाबाट नेपालको राजधानी काठमाण्डौंको लागी उडेको यात्रु बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरणको क्रममा दुर्घटना हुदा कम्तीमा ४९ जनाको मुत्यू भएको छ  भने २२ जना घाईते भएका छन ।

यूएस बाङ्ला एयरवेजको जहाज सोमबार दिसो बंगलादेशको ढाकाबाट आएको युबिजी–२११ कलसाइन रहेको विमानमा चालक दलका ४ जना सदस्य सहित ७१ यात्रु सवार रहेको नागरिक उडययन प्राधिकरणले जनाएको छ ।
विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चालक दलका ४ जना सदस्य गरी ७१ जना थिए ।
अवतरणको क्रममा विमान दिउँसो २ बजेर २० मिनेटमा रन वे मा दुर्घटनामा परेको हो । 

हालसम्म ४९ जनाको  मुत्यू भएको र २१ जनाको काठमाण्डौंको बिभिन्न अस्पतालमा उपचार भइरहेको   र अन्यको खोजी तर्फ सम्पर्क गर्ने कार्य भईरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभएको छ ।

सिनामंगल स्थित   केएमसी अस्पतालमा उपचार भइरहेको, ७ जनालार्इ केएमसी अस्पतालले  अन्य बिभिन्न् अस्पतालमा थप उपचारका लागी रिफर गरिएको र २ जना उपचार पछी घर फर्किएका छन ।

सिनामंगलस्थित केएमसी अस्पतालमा पुर्‍याइएका २५ जना घाइतेमध्ये ८ जनाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

केएमसी अस्पताललमा करिना हुसेन बारा, सायरा ब्यञ्जनकार, बालाजुका हरिशंकर, हात्तीसारका प्रविण चित्रकार, सिनामंगलका सहजना देवकोटा र  किशोर त्रिपाठी तथा बंगलादेशी नागरिक सहासना, नेदी हुसैन, सरना हुसैन, करिना हुसैनको उपचार भइरहेको छ। १२ जना शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।

दुर्घटमा हुँदा घाइते भएका चारजनाको नर्भिक अस्पतालमा मृत्यु भएको छ। नर्भिक अस्पतालका अनुसार घाइतेहरू बसन्त बोहरा, सोनाम शाक्य, आशिष रन्जित र विनोदराज पौडेलको मृत्यु भएको छ ।

उक्त बिमानमा ३७ जना पुरुष र २८ जना महिला, २ जना बच्चा र ४ जना चालक दलका सदस्य रहेको नागरिक उडडयन प्राधिकरण कार्यालयले जनाएको छ । विमानमा दुर्घटनामा ३२ जना नेपाली सहित ७१ जना परेका छन ।

बिमान दुर्घटना लगत्तै प्रधानमन्त्री केपी शर्मा वली लगायत गृहमन्त्री राम बहादुर थापा, र परराष्टमन्त्री इश्वर पोख्रले समेत त्रिभुवन अन्र्तराष्ट्रिय बिमान स्थलमा पुग्नुभएको थियो केही घण्टा त्रिभुवन बिमान स्थल अवरुघ भएको थियो ।

बिमानमा सवार ब्यक्तीहरुको नामावली……