बांकेमा कोरोना कहर: १८ बर्षिय युवती सहित २ जनाको मुत्यू

१ कार्तिक, नेपालगञ्ज/  शुक्रबार राती कोहलपुर स्थित मेडिकल कलेज र नेपालगञ्ज स्थित भेरी अस्पतालमा गरि एकै दिन २ जनाको कोरोना संक्रमित ब्यक्तीहरुको मुत्यू भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १८ कारकादो निवासी १८ बर्षिय युवतीको कोरोना भाइरस संक्रमण भई उपचारको क्रममा शुक्रबार राती साढे ९ बजे मुत्यू भएको अस्पतालले जानकारी दिएको कोरोना क्राइसिस म्यानेजमेन्ट टिम बांकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

उक्त युवतीको बिसन्चो भएर उपचारको लागि असोज २८ गते नेपालगञ्ज स्थित मेडिकल कलेजमा आएकोमा कोरोनाको लक्ष्ण देखिएकाले स्वाब संकलन गरि परिक्षण गर्दा असोज २९ गते संक्रमण भएको पाइएको थियो ।

कोरोना संक्रमण भएपछी उक्त युवतीको उपचारको लागि असोज २९ गते राती १० बजे कोहलपुर स्थित मेडिकल कलेजमा भर्ना गरिएको । उपचा।को क्रममा स्थिती बिग्रदै जांदा आवश्यक सबै उपायहरु प्रयोग गरि बचाउने प्रयास गर्दा गर्दै असोज ३० गते सांझ करीब साढे ९ बजे उक्त युवतीको मुत्यू भएको अस्पतालले जानकारी दिएको फोकल पर्सनले जाकारी दिनुभएको छ ।

कोरोनाले उमेर पुगेका दिर्घरोगीहरुलाई मात्र बढी असर गर्छ भन्ने कुराहरुको उक्त युवतीको मुत्यू दुःखद घटनाले मनगडन्ते गफाडीहरुको गफको रुपमा प्रमाणित गरिदिएको छ । केही दिन अघि मात्र कैलालीको धनगढी घर भई नेपालगञ्जमा बस्दै आएकी एक २५ बर्षिय युवतीको पनि कोरोना संक्रमणका कारण मुत्यु घटनाले कोरोनाले जस्लाई पनि असर गर्नसक्न भन्ने झकझकाएको थियो ।

त्यसैगरि शुक्रबार सांझ नै ९ बजे नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १० भृकुटीनगर निवासी ६१ बर्षिय एक जना पुरुषको कोरोना संक्रमणकै कारण मुत्यू भएको छ ।
जिल्ला कोरोना क्राइसिस ब्यवस्थापन टिमका अनुसार कोरोना संक्रमणका कारण बिसञ्चो भएर गत अुाजे २५ गते भेरी अस्पतालको केभिड वार्डमा उपचारको लागि भर्ना हुनुभएको उक्त ब्यक्तीको सम्पुइो उपचारको बिधि प्रयोग गर्दागदै शुक्राबर सांझ मुत्यू भएको हो ।

बांकेका २९ जना सहित शनिबार बिहान सम्म भेरी अस्पताल र मेडिकल कलेजमा गरि ४२ जनाको मुत्यू भइसकेको छ ।
बांकेमा हाल सम्म २६३५ जना कोरोना पोजेटिभ भएकोमा २०२२ जना निको भई डिसचार्ज भईसक्नुभएको छ भने बाहिरी जिल्लाका २५ जना सहित ६०९ जना अस्पताल तथा सेन्टर र घरमा आइसोलेसनमा रहनुभएको छ । आज शनिबार मात्र १५ जना महिला र २७ जना पुरुष गरि ४२ जना निकोभइ डिस्चार्ज हुनुभएको छ ।