नेपालगञ्जको खाद्यमा दलालहरु घुस्दा किसानहरु मर्कामा


२३ मंसिर, नेपालगञ्ज/  नेपालगञ्जको कारकादोमा रहेको खाद्य र बिचौलिय मिलेर किसानहरको धान खरिद प्रक्रियामा  दलाली गरेर किसानहरुलाई मर्कामा पारिरहेका छन ।

नेपालगञ्जको कारकादोमा रहेको नेपाल सरकारको मातहतमा रहेको खाद्य ब्यवस्ता तथा ब्यापार कम्पनी लिमिटेड र स्थानिय दलाल ब्यापारीहरु मिलेर किसानहरुलाई कुपनको नाममा लुटने काम गरिरहेका छन ।

नेपाल सरकाले किसानहरुले उत्पादन गरेको धानको मुल्य गत मंसिर ७ गते तोकेर मोटा धान प्रति क्न्टिल २७३५ रुपैया र मसिनो धान प्रति क्न्टिल २८८५ रुपैयामा खाद्य मार्फत खरिद गर्ने निर्णय गरेको थियो ।

नेपाल सरकारको निर्णय बमोजि नेपालगञ्ज स्थित खाद्यले ४० हजार क्न्टिल धान खरिद गर्ने निर्णय  गरि खरिद प्रक्रिया बढाए लगत्तै खाद्यमा समेत धानका दलालहरु पसेर धान खरिदमा कुपन प्रणालीको नाममा समस्या सृर्जना गरि सरकारी मुल्यमा धान बिक्री नगरि निजि क्षेत्रमा सस्तो मुल्यमा धान बेच्न बाध्य पार्ने गरिएको छ ।

खाद्यले धान खरिद गर्दा एक किसानले ५० क्न्टिल खाद्यलाई बेच्न सक्ने र त्यसका लागि किसानले आपनो परिचयपत्र धितो राखेर खाद्यबाट अग्रिम कुपन लिनु पर्ने ब्यवस्था गरेको छ ।

दलालहरुले कुपन अग्रीम आफना बिभिन्न ब्यक्तीका नाममा लिएर खाद्यले खरिद गर्ने धानको कोटा पुरा भएको, अरु धान खरिद नगर्ने प्रचार गरेर बजारमा दलालहरुले किसानबाट मोटा धान प्रतिक्न्टिल २००० हजार र मसिनो धान २१५० रुपैया प्रतिक्न्टिलमा खरिद गर्ने गरि धान उत्पादन किसानलाई  बाध्य पारेर शोसन गरिरहेको पिडित ब्यक्तीहरुले जानकारी दिनुभएको छ ।

अख्तियार सगै जोडिएको काकादोमा रहेको खाद्य कार्यालयमा कुपन बितरणमा सहयोगको नाममा प्रति कुपन रु ३०० उठाईरहेका छन भने किसानहरु एकातिर कुपनमा लिदा नै रु ३०० तिर्नुपर्ने र अर्कोतिर दलालहरुले अग्रीम कुपन बुक गर्ने गरेका कारण सर्वसाधरण किसानले आफनो धान बेच्ने कुपन सर्वशुलभ तरिकाले नपाउदा धान दलालकोमा सस्तोमा धान बेच्न बाध्य भएका छन ।