नेपालमा राजनितिक संकट: मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतीद्धारा संसद बिगठन गरि २ चरणमा निर्वाचण गराउने घोषणा

६ पुस, नेपालगञ्ज/आफना बिरुद्ध आफनै पार्टीका बिपक्षी नेताहरुबाट संसदमा अबिश्वासको प्रस्ताव दर्ता गरेपछी प्रधानमन्त्री तथा नेकपा एमाले तर्फबाट निर्बाचित अध्यक्ष केपी शर्मा ओेलीले मन्त्रीपरिषद बिगठन गरि मध्यावधी निर्वाचन गर्न मन्त्रीपरिषदले गरेको निर्णय सिफारिसलाई राष्ट्रपती श्रीमती बिद्यादेबी भण्डारीले आईतबार नै स्वीकृत गरेपछी यो चिसो मौसममा नेपालमा एकाएक राजनितिक गर्मागर्मि बढेको छ ।

एमालेका तर्फबाट नेकपामा अध्यक्ष र संसदिय दलको नेता समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध संघिय संसद सचिवालयमा आईतबार बिहान १० बजेर ५० मिनेटमा प्रतिनिधि सभाको कार्य ब्यवस्था शाखामा अबिश्वासको प्रस्ताव पेश गरि दर्ता गरेपछी प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदको बैठक बसालेर आफु बिरुद्ध प्रतिनिधि सभामा जनादेशका लागि जानु भन्दा ताजा जनादेश लिन उपयुक्त रहेको भन्दै बर्तमान बहुमतको प्रतिनिधि सभामा बिगठन गरि निर्वाचनको मिति तोक्न समेत राष्ट्रपती समक्ष सिफारिस गर्नुभएको थियो ।

मन्त्रीपरिषदको लिखित सिफारिसलाई राष्ट्रपतीले अक्षरस पालना गर्ने नेपालको संबिधान २०७२ ले ब्यवस्था गरेबमोजीम राष्ट्रपती बिद्यादेबी भण्डारीले मन्त्रीपरिषदको सिफरिसलाई सदर गदै बर्तमान प्रतिनिधि सभाको संघिय प्रतिनिधि सभा बिगठन गरि आगामी २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणको र बेशाख २७ गते सोमबार दोस्रो चरणको निर्बाचन गराउने गरि निर्बाचणको मिति तोक्नु भएको राष्ट्रपती कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

आईतबारको राजनितिक घटनाक्रमपछी सुदुरपश्चिको धनगढी लगायतको ठाउंमा प्रधानमन्त्री केपी ओलीको पक्षमा र काठमाण्डौं लगायतका केही ठाउंमा प्रधानमन्त्री केपी ओलीको पिपक्षमा नाराजुलुस भएका छन ।

करीब ३० बर्ष देखी महाधिबेशन बिनै नेकपा माओबादीको एकलौटी अध्यक्ष बनीरहनु भएका माओबादी तर्फबाट नेकपाका अध्यक्ष बन्नु भएका पुष्पकमल दहाल र नेकपा एमालेको नवौं महाधीबेशनबाट निर्बाचित एमाले तर्फबाटका नेकपा अध्यक्ष केपी ओली बीच पार्टी बीच एकता कार्यदेखी नै कुर्सि मोहको लडाईको उत्कर्षको रुपमा आईतबार घटतनाक्रम बिकसीत हुदै गएका छन ।


नेपालको राजनितिक घटनाक्रम हुनु अघि नेपालमा भारतिय गुप्तचर “र” का प्रमुख नेपाल आउनु र पुष्पकमल दाहालका छोरी भारत गएर राजनितिक घेटघाट गरि आएपछी घटनाक्रम बिकसित हुनुले नेपालमा राजनितिक घटनाक्रममा बैदेशीक शक्तीको हात रहेको आशंका पनि गरिदै आएको छ ।

अबिश्वासको प्रस्ताव र दर्तामा हस्ताक्षर गर्ने विगठित प्रतिनिधी सभा सदस्यहरु…..