आजबाट नेपालगञ्जको बाटिकामा फोटो फेस्टीवल

फोटा: जयनारायण शाहको फेसबुक बाट लिइएको हो ।

१८ फागुन नेपालगञ्ज/ नेपालगञ्जको चर्चित अन्तराल ग्रुपले मंगलबार देखी नेपालगञ्जको होटेल बाटिकामा सचित्र बर्णन गर्ने फोटो फेस्टिवलको आयोजना गरेको छ ।

बिशेष गरी फोटो पत्रकारीतामा रहेकाहरुका लागि प्रोत्साहनका साथै सर्वसाधरणहरुले पनि मनन र  बर्णन गर्न सक्ने गरि अर्थमुलक रुपमा छनौट गरिएका फोटोहरुको फेस्टिवलमा छनौट गरिएका छन ।

अन्तराल ग्रुपका प्रवन्धक तथा पत्रकार जय नारायण शाहका अनुसार ब्यवसायिक क्षेत्रमा दखल राख्ने फोटो पत्रकारहरुबाट छनौट गरिएका नेपालको मध्य र सुदुरपश्चिमाञ्चल क्षेत्रका पत्रकार तथा अन्य ब्यक्तीबाट खिचिएका फोटोहरु फेस्टीवलमा समाबेश गरिएका छन ।

शाहले मानव जिवनमा सकारात्मक परिवर्तन र उमंगहरुको क्षण वर्णन गर्ने करीब १ सय ५० वटा भन्दा बढी फोटोहरु यस पटकको फोटो फेस्टीवलमा सहभागी गराइएको जानकारी दिनुभएको छ ।

फोटोहरुलाई बिभिन्न ५ बिधाहरुमा प्रतिस्पर्धा गराएर उत्कृष्ट फोटोलाई २५ हजार रुपैया प्रदान गरिने आयोजकले जानकारी दिनुभएको छ ।

फोटो फेस्टीवलमा केन्द्रीय फोटो पत्रकार संघका अध्यक्ष बिकास कार्कि, फोटो पत्रकार स्नेहा केसी ,नेपालगञ्ज उप–महानगरपालिकाका जनप्रतिनिधिहरु, पत्रकारहरु राजनितिकर्मिहरु, कर्मचारीहरु, बिद्यार्थीहरु एवम सर्वसधारणका लागि पनि खुला गरिएको छ ।

फेस्टीवल आज र भोली सञ्चालन हुनुको साथै सो अवसरमा छनौटमा परेका ३५ जनालाई फोटो ग्राफि सम्वन्धी कार्यशालाको समेत आयोजना गरिएको छ । कार्यक्रमको नेपालगञ्जका मेयर धवल शम्शेर राणाले फोटो खिचेर उक्त फेस्टीवलको उदघाटन गर्नुभएको छ ।